हिमानीलाई भयो के ? किन फुर्छन् यस्ता स्टाटस् ?

काठमाडौं ।
“संसार कै धनी श्रीमती ती हुन्”
जो सँग असल, ईमानदार, मेहनती र
निस्वार्थ माया गर्ने श्रीमान हुन्छ !!
Thought of day " संसार कै धनी श्रीमती ती हुन् "जो सँग असल, ईमानदार, मेहनती र निस्वार्थ माया गर्ने श्रीमान हुन्छ !!
Gepostet von Himani Shah – हीमानी शाह am Mittwoch, 3. Juli 2019
केही दिन यता पूर्व युवराज्ञी हिमानी शाहले लेखेका स्टाटस हो यो । सवैको ध्यान केन्द्रित गरेको निकै भावूक र मर्मस्पर्शी भनाइ छ । मंगलबार फेरी उनले लेखिन्
जाऊ आर्यघाटमा गई नियालेर हेर ??
रुदैनन् कहिले जल्नेहरु !!
रुन्छन् त केवल जलाउनेहरु !!
जाऊ आर्यघाटमा गई नियालेर हेर ?? <3 रुदैनन् कहिले जल्नेहरु !!<3 रुन्छन् त केवल जलाउनेहरु !!यहाहरुको पल शुभ रहोस् धन्यवाद !!
Gepostet von Himani Shah – हीमानी शाह am Dienstag, 9. Juli 2019
पूर्व युवराज पारसको छविका विषयमा बेला बखत टिकाटिप्पणीहरु नहुने गरेको पक्कै होइन् । उनीहरुको चिसो सम्बन्धका विषयमा बेलाबखत समाचारहरु समेत आउने गरेका छन् । यसैले हिमानीको यो स्टाटसलाई सर्बसाधरण यिनै विषयवस्तुहरुसँग जोडेर अर्थपूर्ण रुपमा समेत लिएका छन् ।
केही दिन अघि उनकी छोरी पूर्णिका शाहले पनि हजुरबुबा अर्थात पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवको अवसर पारेर मनछुने कविता समेत लेखेकी थिइन्, जुन ईहुलाकीमा समेत प्रकाशित गरिएको थियो ।