ब्लड क्यान्सर पीडित ६ वर्षीय बालकको उपचारमा समस्या

सहयोग गरिदिन परिवारको याचना
काठमाडौं । ब्लड क्यान्सरबाट पीडित बालक निमा लामाको उपचारमा समस्या भएको छ । मरिण गाउँपालिका–३, टलकबहादुर लामाको छोरा ६ वर्षीय बालकको उपचारमा लाग्ने खर्चको जोहो नहुँदा समस्या भएको परिवारले जनाएको छ ।
बिरामीका आफन्तले हालसम्म १५ लाख खर्च भईसकेको र आफुहरुसँग बाँकी खर्च गर्न सक्ने अवस्था नभएको बताए । निमाको बुबाले छोराको उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् ।
पछिल्लो समय बालकको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र तुरुन्त खर्चको जोहो गर्न सकेमा मात्रै बालकलाई बचाउन सकिने डाक्टरहरुको भनाई रहेको उनको बुबाले बताए ।
छोरालाई बचाउने इच्छा हुँदाहुँदैपनि खर्च अभावमा उपचार गर्न नसकेको भन्दै परिवारले सम्पूर्ण दाताहरुबाट सहयोगको अपेक्षा गरेको बताए । अहिलेसम्म केही व्यक्ति तथा संस्थाहरुको सहयोगमा १२ लाखमात्र संकलन हुन सकेको परिवारको भनाई छ । र तत्काल २५ लाख जम्म भएमात्र उपचारमा सम्भव हुने निमाको बुबाले जानकारी गराए ।
हाल सिभिल सर्भिस अस्पताल मिनभवन काठमाडौंमा उपचार गराईरहेको उनको उपचारमा २५ लाखसम्म खर्च लाग्ने चिकित्सकहरुले भनिसकेको परिवारले जानकारी गराए । आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको कारण आफुहरु खर्च धान्न नसक्ने अवस्थामा आईपुगेको आफन्तले बताएका छन् ।
टलक बहादुर लामा/सेती माया थिङको नाममा रहेको बैंक अफ काठमाण्डु लिमिटेड त्रिपुरेश्वर शाखा–खाता नम्बर 052500001345524 मा रकम जम्मा गरेर बालकको जीवनरक्षा गरि दिन परिवारले अपिल गरेको छ । आफ्नो मोबाईल नम्बर ९८१०२०६२१८ (टलकबहादुर लामा) मा सम्पर्क गरेर बिस्तृत जानकारी लिन सक्नेपनि परिवारले जनाएको छ ।
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...