कर्मचारी हुन् कि एजेन्ट ? – Janata Live
  • Wednesday, March 22, 2023

कर्मचारी हुन् कि एजेन्ट ?

  • जनता लाइभ
  • असार २४, २०७६

कर्मचारी हुन् कि एजेन्ट ?

मोरङ । विराटनगर भन्सार कार्यालय । आइतबार बिहान ९ः५० बजे । भन्सार राजस्व बुझाउन र सवारीसाधनको अस्थायी पैठारी अनुमतिपत्र लिन खचाखच सेवाग्राही । भीडमा सेवाग्राहीभन्दा बिचौलिया बढी छन् ।

सबा १० मा राजस्व बुझाउने काउन्टरमा एक कर्मचारी छिर्छन् । राजस्व तिर्न फाराम भर्ने कर्मचारी नहुँदा सेवाग्राही अलमलमा पर्छन् । तर ठूला व्यापारीको राजस्व बुझाउन फाराम भरेर सलबलाइरहेका बिचौलियाको काम भने फटाफट हुन्छ ।

फाराम भर्न र लेख्न नजान्ने सेवाग्राहीचाहिँ कर्मचारी नआउँदा घन्टौं पर्खिरहन्छन् । उनीहरूको काम ११ बजे फाराम फाँटमा छिरेका कर्मचारीबाट बल्ल सुरु भयो । बिचौलिया आफैले फाराम भर्छन् र राजस्व बुझाउँछन् ।

कर्मचारी आङ तान्दै र मोबाइल चलाउँदै बस्छन् । उनीहरूबाट फाट्टफुट्ट पुग्ने पोके व्यापारीको फाराम भर्ने मात्रै काम हुन्छ । अन्य फाँटभन्दा फाराम भर्ने फाँटका कर्मचारी यहाँ फुर्सदिला भेटिए । एजेन्टका लागि भर्ने फाराम र विवरण टिप्ने खाताबाहिर राखेर फाराम भर्ने फाँटका कर्मचारीले आरामसँग दिन बिताए ।

सँगै रहेको भन्सार महसुल बुझाउने स्थानमा पनि सर्वसाधारणभन्दा बिचौलियाको काम पहिले हुँदा राजस्व बुझाउनै मन नलाग्ने भन्सार कार्यालयअघि भेटिएका विराटनगर १५ का नारायण यादवले गुनासो गरे। उनले जोगबनीबाट ९ थान साडी किनेर ल्याएका थिए ।

‘कहिले फाराम भर्न ढिला गरिदिन्छन्, राजस्व तिर्ने ठाउँमा पनि एजेन्टलाई प्राथमिकता दिन्छन् ।
घरायसी सामान झोलामा बोकेर हिँड्दा सडकका सशस्त्रले राजस्व शाखामा पठाउँछन् । यहाँको हालत यस्तै हो,’ उनले आफूले भोगेको पीडा प्रस्ट पार्न खोजे । राजस्व शाखा र फाराम भर्ने शाखामा दिनभर यस्तै क्रम चलिरह्यो ।

गोलमोलमा सवारी अनुमति
भारततर्फको गेटछेउमै रहेको सवारीसाधनको अस्थायी पैठारी अनुमतिपत्र लिने स्थान यहाँको सबैभन्दा बढी भीड हुने शाखामा पर्छ । भारतबाट नजिकै रहेको नेपाली बजार विराटनगरसम्म पुगेर सोही दिन फर्कन यस शाखाबाट अनुमतिपत्र दिइन्छ । भारतीय गाडी कार, जपी र मोटरसाइकलले यो सुविधा दिन अनिवार्य सक्कल आरसी पेपर बुझाउनु पर्छ ।

आरसी पेपरमा लेखेको सवारीको नाम, चेसिस नम्बर, इन्जिन नम्बरसहित मिति र समय लेखेर अनुमतिपत्र दिने नियम भए पनि कर्मचारीले एजेन्टको दबाब र प्रभावमा समय नै नलेखी अनुमतिपत्र दिने गरेको प्रत्यक्ष भेटियो । कर्मचारीले नै ‘प्रहरीले चेक गर्दा अनुमतिपत्र मात्रै देखाउनू, आरसी पेपर नदेखाउनू नि’ भन्छन् । गोलमालमा अनुमतिपत्र दिँदा राजस्वमा गिरावट आउने गरेको छ ।

कर्मचारी कि एजेन्ट चिन्नै कठिन
भन्सार जाँचपास र राजस्व बुझाउने प्रत्येक कोठामा भीड हुन्छ। केही महिला कर्मचारी सरकारी पोसाक लगाएर आए पनि अधिकांश पुरुष कर्मचारी सरकारी पोसाकमा भेटिएनन् । फाँटमा फाइल, खाता र फाराम झिकेर काम गर्ने बिचौलिया हुन् कि कर्मचारी ? छुट्याउन हम्मेहम्मे पर्‍यो । ‘धेरैबेर कुर्सीमा को बस्छ ऊ नै कर्मचारी हो,’ कर्मचारीको विषयमा जानकारी लिँदा फाराम भर्ने स्थानमा फाइल पल्टाउँदै गएका एक एजेन्टले जबाफ दिए ।

प्रत्येक शाखामा ३ देखि ५ जनासम्म बिचौलिया भन्सार प्रज्ञापनपत्र भर्ने, कम्प्युटर इन्ट्री गराउनेदेखि हातमा कागजपत्र बोकेर सही गराउने काममा सक्रिय थिए । धेरै सेवाग्राहीले त झुक्किएर बिचौलियालाई काम लगाउने गरेको भेटियो ।

‘को कर्मचारी हामी चिन्दैनौं । धेरै सर हुनुहुन्छ । सबै कर्मचारी जस्तो लाग्छ । कसैले लेखेको भन्दा बढी पैसा माग्छन्,’ पसलको सामान लिएर आएकी विराटनगर १५ की व्यापारी राधिका खड्काले भनिन् । अनलाइन सिस्टममा भन्सारले काम सुरु गरे पनि एजेन्टले तोकिएभन्दा बढी पैसा लिने गरेको उनले बताइन् ।

जाँचपासपछि सामान थप
विराटनगर भन्सारमा लगभग एक सय संख्यामा आफूलाई आधिकारिक एजेन्ट बताउने व्यक्ति छन् । भन्सारमा १८ जना अनुमति प्राप्त एजेन्ट र सोही संख्यामा आधिकारिक प्रतिनिधि हुनुपर्ने हो । यसबाहेक बाहिरबाट आएका भन्सार एजेन्टका आधा दर्जन प्रतिनिधिसमेत गर्दा करिब ४५ जनाको संख्यामा आधिकारिक व्यक्तिहरु भन्सार जाँचपासका लागि खटिन पाउँछन् ।

तर, यो संख्या सय नाघेको प्रत्यक्ष भेटियो । प्रत्येक कोठामा पुगेर तपाईं कर्मचारी हो भनेर सोध्दा ४–५ जना सबै व्यक्तिले आधिकारिक एजेन्ट भएको जबाफ दिए । राजस्व काउन्टरमा काम गरिरहेका भारतीय नागरिक राजीव सेखले आफू एजेन्ट भएको बताए ।

भन्सार प्रज्ञापनपत्र भर्ने, कम्प्युटर इन्ट्री गराउनेदेखि हातमा कागजपत्र बोकेर विभिन्न शाखामा सही गराउने काममा उनीहरूकै भूमिका बढी हुन्छ । यसरी भन्सारभित्र बिगबिगी रहेका बिचौलियाले मिलेमतो गराएर जाँचपास प्रभावित बनाउने मात्र नभई जाँचपास भइसकेपछि मालवस्तु थप गरेर भन्सार राजस्व छली गराएको पनि देखियो । यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।