ऋण दिने लोभ देखाएर बैंक मेनेजरले नै गरे ब*लात्कार

मोरङ । मोरङको धनपालथान गाउँपालिका–४ कर्सीयास्थित नेपाल–बंगलादेश बैंक शाखा कार्यालयका प्रमुख अमित बास्तोलालाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
बैंक मेनेजरलाई ५ दिन अगाडी नै पक्राउ गरिएको भए पनि प्रहरीले भने गुपचुप राखेको थियो । २०७५ चैत २२ गते कर्जा माग्न गएकी एक सेवाग्राहीलाई होटलमा लगेर बलात्कार गरेको आरोप बास्तोलामाथि छ ।
घटना बाहिरिएपछि उनी फरार थिए । प्रहरीकाअनुसार विराटनगर महानगरपालिका–४ घर भएकी महिला कर्जा माग्न बैंक पुगेकी थिइन् । सेक्स गर्न दिने भए मात्रै कर्जा उपलब्ध गराउने भनेर बास्तोलाले भनेपछि प्रतिवाद गरेको तर आफूमाथि जवरजस्ती गरेको भनी महिलाले किटानी जाहेरी दिएको प्रहरीको भनाइ छ ।
पीडित महिलाले चार लाख कर्जा मागेको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । झापाको बुधबारे घर भएका बैंक मेनेजर बास्तोलालाई पक्राउ गरी जवरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी श्रेष्ठले जानकारी दिए । यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ ।