डाक्टरले नै ९० जना स्वस्थ व्यक्तिहरूलाई सारिदिए एचआइभी – Janata Live
  • Wednesday, March 22, 2023

डाक्टरले नै ९० जना स्वस्थ व्यक्तिहरूलाई सारिदिए एचआइभी

  • असार २२, २०७६

डाक्टरले नै ९० जना स्वस्थ व्यक्तिहरूलाई सारिदिए एचआइभी

काठमाडौँ । पाकिस्तानमा डाक्टरले नै सुईको माध्यमबाट ९० जना मानिसहरुलाई एचआइभी सारिदिएपछि पक्राउ परेका छन् ।

एचआइभी सङ्क्रमित सुई प्रयोग गरेर स्वस्थ व्यक्तिहरूलाई एचआइभी सारिदिएको भन्दै स्वास्थ्य निकायहरुबाटै गुनासो आएपछि उक्त डाक्टर तथा अन्य चिकित्सकहरुलाई गिरफ्तार गरिएको स्थानीय प्रहरी कमरान नवाजले जानकारी दिए । ती डाक्टरलाई एचआइभी सङ्क्रमित सुई प्रयोग गरेर कम्तीमा ९० जनामा एचआइभी सारेको आरोप लागेको छ ।

अधिकारीहरुको अनुसार अस्पतालमा अन्य स्वाथ्य व्यक्तिलाई एचआइभी सारिदिने चिकित्सकहरुमै एचआइभीको सक्रमण रहेको जानकारी दिइएको छ । त्यस्तै लर्काना शहरका १८ जना बालबालिकामा एचआइभी सङ्क्रमित भएको भेटेपछि थप अनुसन्धान गदै अन्य धेरै व्यक्तिहरुमा सक्रमण भेटिएको थियो । तर सक्रमित बालबालिकाको बाबुआमाको रगत परिक्षण गर्दा एचआइभीको सक्रमण नदेखिएको सिन्ध प्रान्तका स्वास्थ्य मन्त्री अजरा पेचुहोले जानकारी दिए । तर उक्त अनुसन्धानमा लागुपदार्थ सेवन गरेका ,यौनकर्मी र खाडी मुलुकबाट आएका कामदारहरुमा बढी एचआइभी देखिएको जनाएको छ ।
via~nagariksamachar

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...