विद्यालयमा पढाइने यौन शिक्षा अपुरो र अपर्याप्त – Janata Live
  • Tuesday, March 28, 2023

विद्यालयमा पढाइने यौन शिक्षा अपुरो र अपर्याप्त

  • जनता लाइभ
  • असार २२, २०७६

विद्यालयमा पढाइने यौन शिक्षा अपुरो र अपर्याप्त

काठमाडौं । विद्यालयमा पढाइ हुने यौन शिक्षा अपुरो, अपर्याप्त र पाठ्यविधि पनि कमजोर रहेको शिक्षक–विद्यार्थी तथा यस विधामा चासो राख्ने विज्ञहरुले बताएका छन् ।

‘स्वास्थ्य तथा शारीरिक शिक्षाभित्र एक–दुई पाठ यौनसँग सम्बन्धित विषय समावेश गर्दैमा विद्यार्थीका सबै जिज्ञासा पूरा हुँदैनन्, पाठ्यक्रम पूर्ण छैन,’ आदिनाथ माध्यमिक विद्यालय, चोभारका प्रधानाध्यापक जुजुभाइ महर्जनले बताए ।

उनकै विद्यालयमा यौन शिक्षा पढाइरहेकी शिक्षिका रमिला तामाङ सहमति जनाउँछिन्, ‘कक्षाकोठाभित्र प्रवचन विधिद्वारा पढाइएको यौनशिक्षाको विषयवस्तु अपुग छ, किशोर–किशोरी र युवाहरुलाई यस सम्बन्धमा आवश्यक जानकारी गराउन हामीले थप प्रयास गर्नु आवश्यक छ ।

शिक्षिका तामाङले बाहिरका केही गैरसरकारी संस्थाहरुसँग मिलेर यौन तथा प्रजनन स्वास्थ्यको बारेमा विद्यार्थीलाई थप प्रशिक्षण दिने गरेको पनि जानकारी गराउनुभयो ।

किशोर–किशोरीले यौनशिक्षाका बारेमा जानकारी पाएभने उनीहरुले आफ्ना अभिभावकलाई समेत यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारका विषयमा प्रशिक्षित गर्नेछन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...