निजी विद्यालयमा प्रवेश परीक्षा : विद्यार्थीलाई त्रास, शुल्कले उडाउँछ होश – Janata Live
  • Sunday, April 2, 2023

निजी विद्यालयमा प्रवेश परीक्षा : विद्यार्थीलाई त्रास, शुल्कले उडाउँछ होश

  • जनता लाइभ
  • असार २१, २०७६

निजी विद्यालयमा प्रवेश परीक्षा : विद्यार्थीलाई त्रास, शुल्कले उडाउँछ होश

काठमाडौं । माध्यमिक शिक्षा (कक्षा १२ सम्म) निःशुल्क भनिए पनि निजी विद्यालयहरुले चर्को शुल्क लिएर अभिभावकमाथि दोहन गर्नेक्रम जारी राख्दै आएका छन् ।

विद्यार्थी भर्ना पूर्व अहिले प्रायः सरकारी तथा निजी विद्यालयमा प्रवेश परीक्षा (इन्ट्रान्स) को तयारी थालिएको छ भने केही विद्यालयमा प्रवेश परीक्षा भइसकेको छ ।

सरकारले समेत कक्षा ११ र १२ मा शुल्क निर्धारण नगर्दा ती विद्यालयहरुले विभिन्न शीर्षकमा चर्को शुल्क असुल्ने गरेको पाइन्छ । निजी विद्यालयहरुले कलेजको नाममा विभिन्न संकायमा प्रतिविद्यार्थी ५० हजार रुपैंयाँसम्म शुल्क लिने गरेको पाइएको छ ।

विद्यालय शिक्षालाई कलेज भन्न मिल्दैन । सामुदायिक विद्यालयहरुले पनि विभिन्न शीर्षकमा शुल्क लिने गरेका छन् ।

निजी माविले भर्ना शुल्क, मासिक शुल्क, धरौटी, अतिरिक्त क्रियाकलाप, पुस्तकालयलगात शीर्षकमा विद्यार्थीबाट शुल्क लिने गरेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...