वीरगन्जको सुशील वनस्पति उद्योगमा भीषण आगलागी – Janata Live
  • Saturday, April 1, 2023

वीरगन्जको सुशील वनस्पति उद्योगमा भीषण आगलागी

  • जनता लाइभ
  • असार २१, २०७६

वीरगन्जको सुशील वनस्पति उद्योगमा भीषण आगलागी

काठमाडौँ ।वीरगन्ज महानगरपालिका-२१ लिपनीविर्तामा रहेको सुशील वनस्पति उद्योगमा भीषण आगलागी भएको छ । बिहान ३ बजेबाट सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्त राज शर्माले जानकारी दिए ।

आगलागी नियन्त्रण गर्नका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।

आगलागी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्जको बारुण यन्त्रले प्रयास गरिरहेको शर्माले बताए ।

आगलागी कसरी भएको हो भन्ने बारेमा अहिलेसम्म केही खुल्न नसकेको उनको भनाइ छ । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...