४५ लाखभन्दा महँगा विलासी गाडी आयातमा कडाइ – Janata Live
  • Monday, March 20, 2023

४५ लाखभन्दा महँगा विलासी गाडी आयातमा कडाइ

  • जनता लाइभ
  • असार २०, २०७६

४५ लाखभन्दा महँगा विलासी गाडी आयातमा कडाइ

काठमाडौं । निर्यातभन्दा आयात उच्च भई भुक्तानी सन्तुलन खल्बलिन थालेपछि राष्ट्र बैंकले ४५ लाख रुपैयाँभन्दा माथिका महँगा तथा विलासी गाडी आयातमा कडाइ गर्ने भएको छ।

प्रतीतपत्र (एलसी) खोलेर अल्पकालीन व्यापारिक ऋणमार्फत गरिने आयात (ट्रस्ट रिसिट लोन—टीआर) अन्तर्गत कर्जा प्रवाहमा राष्ट्र बैंकले कडाइ गर्न लागेको हो।

व्यापार घाटा उच्च विन्दुमा पुगेका कारण शोधनान्तर घाटा कम गर्न राष्ट्र बैंकले सार्वजनिक गर्न लागेको मौद्रिक नीतिमार्फत यस्तो रणनीति अपनाउन लागेको छ। शोधनान्तर घाटा बढ्दै गएपछि ४५ लाख रुपैयाँभन्दा माथिका निजी सवारीसाधन आयातमा ‘ट्रस्ट रिसिट लोन’ रोक्ने तयारीमा राष्ट्र बैंक जुटेको उच्च स्रोतले बतायो। केही समयअघि अर्थमन्त्री डा युवराज खतिवडाले बैंकका सञ्चालक र व्यवस्थापकसँगको भेटमा महँगा निजी सवारी आयातमा टीआर लोन रोक्ने बताएका थिए।

वस्तु बिक्री भएपछि ऋण भुक्तानी गर्ने प्रतिज्ञापत्रका आधारमा बैंकले प्रवाह गर्ने कर्जा ‘ट्रस्ट रिसिट लोन’ हो। कर्जामा कडाइ गर्नेबित्तिकै सवारीसाधन आयातकर्ताले तोकिएको सीमाभन्दा बढी ऋण पाउँदैनन्। आयातकर्ताले आफ्नै स्वपुँजी (इक्विटी) मा आयात गर्नुपर्छ। बढ्दो शोधनान्तर घाटा र विदेशी मुद्रा सञ्चितिमा चाप बढ्दै गएपछि सतर्कता अपनाउन लागिएको छ।

राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्दा सरकारको व्यापार घाटा न्यूनीकरण रणनीतिलाई ‘मार्गदर्शक दस्तावेज’ का रूपमा लिएको गभर्नर डा। चिरञ्जीवी नेपालले बताएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।