बालुवाटार जग्गाका भूमाफिया शोभाकान्तले भान्जी बुहारीकै १६ लाख खाए

काठमाडौँ । बालुवाटारको २ सय ९९ रोपनी जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता गर्ने ‘योजनाकार’ शोभाकान्त ढकालले जग्गा मिलाउने क्रममा ठूलो रकम खर्च भएको खुलासा गरेका छन् । नातेदारसँगको लेनदेन विवादका क्रममा रेकर्ड भएर हाल सर्वोच्च अदालत पुगेको अडियोमा उनले आफूले सापटी लिएको रकमसमेत त्यही जग्गा मिलाउन खर्च भएको बताएका छन् ।
‘ए भान्जी, यो पैसा मैले चलाएको त होइन नि । यो पैसा त गएको पो छ । पैसा मुद्दामा गएको छ ।तपाईंको मात्रै होइन, हाम्रो पनि कति पैसा गएको छ,’ भान्जीबुहारी पर्ने शान्ता खनालसँगको करिब साढे तीन घण्टाको कुराकानीका क्रममा ढकालले भनेका छन्, ‘राणाहरूले गरेको मुद्दा सर्वोच्चमा पुग्यो, अख्तियारमा गयो । सबैसँग मुद्दा लड्दा कम हैरान त थिएन नि । मैले तपाईंको पैसा ल्याएर उहाँ बुझाएको हो । पैसा बुझ्ने मान्छे जिउँदै छ, सोधे हुन्छ ।’ ढकालले पैसा पुर्याउने र बुझ्ने व्यक्तिको नाम उल्लेख गरेका छैनन् ।
‘लौ बालुवाटारको राम्रो ठाउँको जग्गा छ, अहिले नै लगानी गरे पछि भाउ पर्छ भनेर १० लाख रुपैयाँ मामाले लैजानुभएको हो,’ एक संस्थानको जागिरबाट अवकाश प्राप्त खनालले कान्तिपुरसित भनिन्, ‘पछि न पैसा फिर्ता गर्नुभयो, न जग्गा दिनुभयो । रकम फिर्ता माग्दा मलाई झूटो मुद्दा लगाउनुभयो ।’ उनका अनुसार दोस्रोपटक ढकालले ३ लाख फेरि मागे । अनि शान्ताका भाइ रञ्जनलाई समेत थप ४ आना जग्गा दिने भनी २ लाख भारतीय रुपैयाँ लिए ।
करिब १६ लाख रुपैयाँ फिर्ता मागेपछि ढकालले आफूविरुद्ध साढे २ करोड रुपैयाँको फर्जी मुद्दा लगाएको जनाउँदै रकम फिर्ताका लागि आफूले पटकपटक कुरा गरेको खनालले बताइन् । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...