१३ वर्षीय बालक वेपत्ता – Janata Live
  • Wednesday, March 22, 2023

१३ वर्षीय बालक वेपत्ता

  • जनता लाइभ
  • असार १९, २०७६

१३ वर्षीय बालक वेपत्ता

काठमाडौं । दुई सातादेखि बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–४ हिलका एक बालक वेपत्ता भएका छन् ।

बागलुङ सदरमुकामस्थित धौलागिरी चोकमा बस्दैआएका १३ वर्षीय अनिल राई गत असार ६ गतेदेखि सम्पर्क विहीन भएको परिवारले जनाएको छ ।

आकाशे रंगको सर्ट र जिन्स पाईन्ट लगाएर धौलागिरी चोकस्थित कोठाबाट बाहिरिएका उनी त्यसपछि सम्पर्कमा नरहेको अनिलका आमा मनकुमारी राईले बताए । हराएका बालकको खोजी कार्य जारी राखिए पनि फेला पार्न नसकिएको प्रहरीले बताएको छ ।

राई बागलुङस्थित विद्यामन्दिर माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन् ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।