पार्टीमा आफू बलियो हुने गरी कांग्रेसका संरचना गठन गर्दै देउवा

काठमाडौं । कांग्रेसले प्रदेश, क्षेत्रीय र स्थानीय तहको संरचना निर्माण गर्ने तयारी थालेको छ । सभापति शेरबहादुर देउवा संरचना बनाउन अग्रसर भएपछि सभापतिइतर समूह पनि संरचनामा आफ्नो पकड बनाउने रणनीति तय गर्न जुटेको छ ।
केही समययता देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित अन्य शीर्ष नेतासँग संगठन निर्माणबारे अनौपचारिक छलफल बाक्लो पारेका छन् ।
सभापति देउवाको सक्रियतासँगै इतर समूहका नेताले पनि तयारी थालेका हुन् । यस सम्बन्धमा मंगलबार साँझ नुवाकोट कांग्रेसका सभापति जगदीश्वरनरसिंह केसीको काठमाडौं सामाखुसीस्थित निवासमा इतर समूहका नेताले झण्डै ४ घण्टा अनौपचारिक बैठक गरे। बैठकमा वरिष्ठ नेता पौडेलसहित नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, महामन्त्री शशांक कोइराला, नेतृ सुजाता कोइरालालगायत सहभागी थिए।
केही दिनअघि सभापति देउवाले वरिष्ठ नेता पौडेललाई सातै प्रदेशमा समिति गठनको प्रस्ताव राखेका थिए । तीमध्ये ४ वटाको मनोनयन देउवाले गर्ने र बाँकी ३ वटाको पौडेललाई दिने प्रस्ताव गरेका थिए । त्यसपछि कांग्रेस नेताले त्यसपछि संगठन निर्माणबारे आन्तरिक छलफल तीव्र पारेका छन् ।
यसबीच सभापति देउवाका तर्फबाट उपसभापति विमलेन्द्र निधी, महामन्त्री पूर्णबहादुर खड्कासहित रमेश लेखकलगायत नेताले इतर समूहका नेतासँग अनौपचारिक संवादसमेत गरेका छन् । कांग्रेसले आउँदो २२ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।
केन्द्रीय समिति बैठकबाट पार्टी संरचना निर्माणदेखि भ्रातृ संगठनसम्बन्धी निर्णय गराउने तयारी सभापति देउवाको छ। व्यापक गुनासोपछि विधान नियमावली समितिलाई समेत आउँदो बैठकमा मस्यौदा पेस गर्न निर्देशन दिएइएको छ ।
महामन्त्री खड्काले अब बस्ने केन्द्रीय समितिमै सबै कुरा छलफल भएपछि संरचना गठन अगाडि बढ्ने दाबी गरे । ‘अहिले बाहिर आए जस्तो कुनै ठोस यही नै तयारी भन्ने छैन’, खड्काले भने, ‘केन्द्रीय समितिमा छलफल भएपछि मात्र यो वा त्यो तरिकाले अघि बढ्ने भन्ने हो ।’
उनले यसो भने पनि इतर समूहका नेताले विधानमा रहेको संक्रमणकालीन व्यवस्थाको संगठन भन्दै तदर्थ समिति मनोनयन गर्ने दाउमा सभापति देउवा रहेको आरोप लगाएका छन् । केसीको घरमा भेला भएका नेताले पनि यस्तै निष्कर्ष निकालेका छन् । उनीहरू नियमावलीमा केन्द्रीय समितिका अधिकार समेत सभापतिले आफूसँग राखेको र त्यही आधारमा देउवा मनोनयनबाट समिति बनाउन लागिपरेको ठहर गरेका छन् ।
बैठकमा सहभागी पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले विधानमा भएको व्यवस्थाअनुसार वडादेखि प्रदेशसम्मका सबै संक्रमणकालीन संरचना निर्वाचनबाटै गठन गर्नुपर्ने निष्कर्ष इतर पक्षका सबै नेताले निकालेको बताए । ‘कुनै पनि बहानामा मनोनयन हामीलाई स्वीकार्य छैन’, उनले भने, ‘सबै निर्वाचन प्रक्रियाबाट हुनुपर्छ भने हाम्रो निष्कर्ष छ ।’
गएको पुसमा महासमिति र माघमा केन्द्रीय समितिले अनुमोदन गरेको नयाँ विधान कार्यान्वयन गर्न रमेश लेखकको नेतृत्वमा ९ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको थियो । समितिले नियममावली बनाएपछि कांग्रेसको नयाँ विधान कार्यान्वयनमा आउने छ ।
नियमावलीमा संक्रमणकालीन संरचना केन्द्रीय समितिले निर्णय गरेअनुसार गठन गर्न सकिने प्रावधान राख्न लागेको भन्दै देउवा विरोधी नेता असन्तुष्ट छन् । उनीहरू विधानमा उल्लेख भए जस्तै सबै संरचना निर्वाचन प्रणालीबाटै गठन हुनुपर्ने पक्षमा छन् । यो समाचार अन्नपूर्ण पोष्टमा छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।