देउवालाई तर्साउन विरोधी गुट सक्रिय – Janata Live
  • Friday, February 3, 2023

देउवालाई तर्साउन विरोधी गुट सक्रिय

  • पत्रपत्रिकाबाट
  • असार १९, २०७६

देउवालाई तर्साउन विरोधी गुट सक्रिय

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक नजिकिदै गर्दा सभापति शेरबहादुर देउवा विरोधी समूहको गोप्य बैठक र भेलाहरू हुँदै आएका छन् । राष्ट्रिय जागरण अभियान र भ्रातृ तथा संघीय स्वरुपमा संरचना बनाउने विषयमा नेताहरूबीच गोप्य भेला र परामर्श भएका हुन् ।

सभापति देउवाको पेलानमा परिने डरका कारण वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहबीच पनि गोप्य वार्ता भएको छ । मंगलबार काठमाडौंमा नुवाकोट कांग्रेसका जिल्ला सभापति जगदीश नरसिंह केसीको निवासमा गोप्य भेला भएको हो । भेलामा सभापति देउवाविरुद्ध एक भएर जाने सहमति भएको छ ।

सभापति देउवाले असार २२ गतेको केन्द्रीय कार्यसमिति बैठकमा प्रदेश कार्यसमिति र भ्रातृ संगठनहरूलाई पूर्णता दिनेदेखि विभागहरू गठनको प्रस्ताव गर्दै छन् । देउवाको प्रस्तावबाट डराएका पौडेल र सिटौलाबीच सहमतिको प्रयास गरिएको छ । सभापतिमा पौडेललाई सिटौलाले नै सिध्याएका हुन् ।

सिटौलाले पौडेल समूहलाई असहयोग गरेर देउवालाई सहयोग गरेपछि सभापति पदमा देउवा निर्वाचित भएका थिए । अहिले फेरि पौडेलसँग सिटौला हात मिलाउन पुगेका छन् । कोइराला परिवारको साथ पौडेल समूहलाई रहेको बताउने गरिएको छ ।

कोइराला परिवारबाट कांग्रेसको नेतृत्व बाहिरिएको अवस्थामा पनि कोइराला परिवारमै नेपाली कांग्रेसको नेतृत्व फर्किन्छ कि भन्ने आशंका एउटा समूहमा छ ।

कोइराला परिवार नै नेपाली कांग्रेसका लागि सबैभन्दा ठूलो दुश्मन रहेको चर्चा गर्ने गरिएको छ ।

कोइराला परिवारकै कारण सन्त नेता कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले नेपाली कांग्रेसलाई छाडेर उत्तरार्धमा निश्क्रिय भएका थिए । नेपाली कांग्रेसको १४औँ महाविधेशनमा फेरि पनि सभापतिमा देउवाले नै दाबी गर्ने संकेत देखिएको छ । यताबाट सभापतिमा अहिलेसम्म रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. शसांक कोइरालासहितका नेताहरूले इच्छा जनाएका छन् । तर, अन्तिममा देउवाले सभापति पड्काउने चर्चा पनि छ ।(यूनाइटेड पोस्ट साप्ताहिक)

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...