त्रिवि सेवा आयोगमा अनियमितता: आफन्तलाई जागिर खुवाउन अंक घटबढ – Janata Live
  • Friday, February 3, 2023

त्रिवि सेवा आयोगमा अनियमितता: आफन्तलाई जागिर खुवाउन अंक घटबढ

  • पत्रपत्रिकाबाट
  • असार १९, २०७६

त्रिवि सेवा आयोगमा अनियमितता: आफन्तलाई जागिर खुवाउन अंक घटबढ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उत्तरपुस्तिकाको परिणाम फेरबदल गरेको कसुरमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्मा लगायत १० जना विरुद्ध मुद्दा दर्ता गराएको छ । बुधबार अख्तियारले विशेष अदालतमा उनीहरू विरुद्व मुद्दा दर्ता गराएको हो ।
विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि लिएको लिखित परीक्षामा प्राप्तांक फेरबदल गरी पदाधिकारी र कर्मचारीहरूका आफन्त मान्छेहरूलाई उत्तीर्ण गराएको पाइएको अख्तियारले जनाएको छ । धेरै अंक ल्याएकालाई घटाएर कम अंक बनाएको र कम अंक ल्याएकालाई ३० अंकसम्म थपेर पास गराएको देखिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा अध्यक्ष शर्मासहित सदस्य चिन्तामणि पोखरेल, प्रशासकीय प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी इन्दिरा तिवारी भन्तना, प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सह–प्राध्यापक राजेश्वर न्यौपाने, ताराप्रकाश पौडेल र रामबहादुर पाण्डेविरुद्व भष्ट्राचार मुद्दा दायर गरेको हो ।

आयोगले २०७३ फागुन २८ गते विभिन्न १६ किसिमका प्रशासनिक तथा प्राविधिक पदहरूका लागि विज्ञापन गरी परीक्षा सञ्चालन गरेको थियो । शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक र कार्यालय सहायक गरी ६ वटा पदहरूको लिखित परीक्षा दिएकाहरूको उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

यस्ता छन् बद्मासी
२४ शाखा अधिकृत पदका लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीहरूमध्ये ६ जनाको उत्तरपुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अंक थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएका छन् । केहीलाई ४ अंकदेखि १७ अंकसम्म थपेर उत्तीर्ण गराएको थियो भने १ जना परीक्षार्थी पास हुनुपर्नेमा नाम छुटाइ अनुत्तीर्ण गराएको र अर्को एकजना परीक्षार्थीको अंक घटाएर अनुत्तीर्ण गराएका थिए ।

लेखा अधिकृत पदका लागि भएको परीक्षामा अंक थपघट गरेर मेरिटमा तलमाथि गरेको उल्लेख छ । सात जनाको उत्तरपुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अंक थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको पाइएको छ । सहायक कानुनी सल्लाहकार पदको लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीहरूमध्ये एक परीक्षार्थीको द्वितीयपत्रमा १५ अंक थपी पाँचौँलाई पहिलो मेरिटमा पारेको अख्तियारले जनाएको छ । आयोगका पदाधिकारका आफन्तलाई जागिरमा लगाउन अंक नै थपघट गरेर वरियतामा तलमाथि पारेका थिए । मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक र कार्यालय सहायक पदमा पनि यसरी नै अंक फेरबदल गरिएको छ ।

बद्मासीमाथि थप बद्मासी
उत्तरपुस्तिका परीक्षकलाई दिइएको नियुक्तिपत्रमा स्पष्ट उल्लेख बुँदा विपरीत परीक्षकले जथाभावी अंक केरमेट गरेको देखिनु र त्यस्तो केरमेट गरी सच्याउने काम सबैजसो उत्तीर्ण भएका परीक्षार्थीहरूका उत्तरपुस्तिकामा भएको देखिनुले परीक्षकले एकपटक उत्तरपुस्तिका परीक्षण गरेर बुझाइसकेपछि डिकोडिङ पश्चात पास गराउनुपर्ने व्यक्तिलाई तिनीहरूका उत्तरपुस्तिकामा अंक थपघट गरी नतिजा फेरबदल गराएको भन्ने पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।

केरमेट गरिएकोमा पनि अधिकांश उत्तरपुस्तिकाहरूको सुरुमा दिएको अंक नबुझिने गरी केरिएको, केरमेट भएकोमा परीक्षकको दस्तखत नभएको, उत्तरपुस्तिकाको भित्र दिएको अंक र बाहिर उतारिएको अंक फरक परेको, अंक फेरबदल भएकोमा सबै ठाउँमा अक्षरमा नलेखिएको जस्ता तथ्यहरूले परीक्षकले आफ्नो कर्तव्य र दायित्व पूरा गर्न नसकी अनियमिततामा संलग्न भएको स्पष्ट हुन आएको बताएको छ । सेवा आयोगको आन्तरिक कार्यविधिको दफा १९ मा भएको व्यवस्था विपरीत काम गरेको पनि उल्लेख छ ।

आयोगद्वारा उत्तरपुस्तिका रुजु गराइएको कुनै आधिकारिक निर्णय नदेखिएको, रुजु गरिएको अंक पेन्सिलले लेखिएको पाइएको र रुजु गर्दा छुट देखिएको अंक सम्बन्धित परीक्षक वा सम्परीक्षण समितिलाई जानकारी गराई सच्याउन लगाउनु पर्नेमा सो नगरी आयोगको कुनै आधिकारिक निर्णयविना सोझै लेजरमा सारी नतिजा प्रकाशन गरिएको देखिँदा रुजु गर्ने काममा समेत त्रुटि भएको अख्तियारका प्रवक्ता कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लिखित परीक्षा सञ्चालन तर्फ ३५ थान उत्तरपुस्तिकाको कोडिङ र डिकोडिङ, परीक्षण, सम्परीक्षण, रुजु लगायत नतिजा प्रकाशनमा समेत थुप्रै अनियमितताहरू भएको देखिन आएकोमा यस अनियमिततामा त्रि।वि। सेवा आयोगका पदाधिकारीहरू, सेवा आयोगका कर्मचारी, परीक्षक तथा संपरीक्षकहरू संलग्न रहेको संकलित प्रमाणहरूबाट पुष्टि हुन आएकाले मुद्दा दर्ता गरिएको उल्लेख छ ।

आरोपित सबैलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ को कसूर अपराध हुँदा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ बमोजिम सजाय गर्न माग गरिएको छ । साथै आयोगका अध्यक्ष शर्मा, सदस्य चिन्तामणि पोखरेल, परशुराम कोईराला, प्राध्यापक टेकनाथ ढकाल र प्राध्यापक गोविन्द ढकाललाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ बमोजिम थप सजायको समेत मागदाबी गरिएको छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...