बैंकिङ कसुरमा फरार अभियुक्त पक्राउ – Janata Live
  • Sunday, February 5, 2023

बैंकिङ कसुरमा फरार अभियुक्त पक्राउ

  • जनता लाइभ
  • असार १८, २०७६

बैंकिङ कसुरमा फरार अभियुक्त पक्राउ

काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले कीर्ते अग्रिम भुक्तानी जमानत तयार गर्ने बैंकिङ कसुर कार्यमा संलग्न ३ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने झापा महारानी झोडा-९ का ५४ वर्षीय छविलाल ढकाल, धनकुटा महालक्ष्मी नगरपालिका-७ बस्ने ५३ वर्षीय रणधीर तुम्बा र ललितपुर महालक्ष्मी नगरपालिका-२ बस्ने बाजुराका ३८ वर्षीय देवजंग शाही रहेका छन् ।

उनीहरुमध्ये ढकाललाई भक्तपुरबाट, तुम्बालाई सुनसरी धरानबाट र शाहीलाई ललितपुरबाट प्रहरीले पक्राउ गरेको हो ।

कृषि विकास बैंक लिमिटेड मुख्य शाखा कार्यालय, रत्नपार्क कार्यालयको छाप, दस्तखत तथा लेटरप्याड समेत अनाधिकृत रुपमा दुरुपयोग गरी उक्त बैंकको कर्पोरेट बैंकिङ कार्यालयमा कार्यरत तत्कालीन शाखा अधिकृत (निलम्बित) ढकाल तथा M/S MK-YP J/V बबरमहल काठमाडौंका आधिकारिक प्रतिनिधिद्वय तुम्बा र शाही समेतको मिलेमतोमा बैंकलाई हानी नोक्सानी पुर्‍याउने बदनियत राखी १० जुन २०१६ मा ५५ लाख ५० हजार रुपैयाँ र ४ नोभेम्बर २०१६ मा ५५ लाख ५० हजार रुपैयाँको किर्ते अग्रिम भुक्तानी जमानत तयार गरी विभिन्न ठेक्का सम्झौतामा पेश गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरु उपर बैंकिङ कसुर तथा सजाय ऐन , २०६४ बमोजिम आवश्यक अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ ।

सिआईबीको अनुसन्धानबाट थप खुल्न आएका कुराहरु:
-२०७३/०३/०३ गते साविक जिल्ला प्राविधिक कार्यालय भोजपुर र M/S.M.K.-Y.P. J/V बबरमहल काठमाण्डौंबीच भोजपुर-टक्सार-कोट-गोगने-लेखर्क सड्क स्तरोनन्तीको रु १२,५५,९७,७५४ (बाह्र करोड पचपन्न लाख सन्तानब्बे हजार सात सय चौवन्न) मा ठेक्का सम्झौता हुँदा नक्कली जमानत पेश गरेको ।

-नक्कली Advance Payment Guarantee बैंकको कर्मचारी छविलाल ढकालले तयार गरि M/S.M.K.-Y.P. J/V बबरमहल काठमाण्डौंका आधिकारिक प्रतिनिधिहरुलाई दिएको ।

-उक्त बैंक Guarantee मार्फत पहिलो किस्ता रु ५५,३०,००० र दोस्रो किस्ता ५५,५०,००० गरि जम्मा १,१०,८०,०००९ (अक्षेरुपी एक करोड दश लाख असी हजार) रकम साविक जिल्ला प्राविधिक कार्यालय भोजपुरबाट भुक्तानी लिइसकेको ।

-उक्त ठेक्काको म्याद ०७५/०३/१६ सम्म रहेकोमा हाल ठेक्का स्थगित भएको ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...