विनयधर उपालि

महास्थिवीर उपालि बौद्ध कालका एक महान आदर्श पात्र हुनुहुन्छ । महास्थिवर उपालि बौद्ध धम्मको यो विशिष्टताको घोषणापत्र हुनुहुन्छ कि एक निम्न जाति मा उत्पन्न व्यक्ति पनि भगवान बुद्धको मार्गको अनुसरणगर्दै महामानवको पदलाई प्राप्त गर्नु भएको छ।
उपालि भगवान बुद्धद्वारा स्थापित विनयहरुको श्रेष्ठ विद्वान ज्ञाता हुनु भएको थ्यो । वर्तमान विनय पिटकको संग्रह गर्ने श्रेय उपालि महा स्थविरलाई नै जान्छ । त्यसै कारणले वहाँलाई बौद्ध साहित्यमा विनयधरको नामले सम्मान वर्णन गरीएको छ । महास्थविर उपालि भिक्खुहरुलाई प्रशिक्षित गर्नमा विशेष रूपले पारंगत हुनु हुन्थयो र आफ्नो जीवनको एक सयपचासवर्ष सम्म भिक्खुहरुलाई प्रशिक्षित गर्ने महान कार्य गर्दै रहनु भयो ।
भगवान बौद्धको इतिहासमा हेर्नेहो भने, भगवान बुद्धको जातीवाद सामाजिक प्रती क्रांतिको झलकहरु आँखाको सामु प्रकट भएर आएको देखीन सकिन्छ, कि- बुद्धको धम्ममा कुनै जातियहरु प्रति, उंच-नीचको भेदभाव भन्ने थिएन । कुनै एउटा कुलमा जन्म हुँदैमा कोही पनि उंचा या नीचा भन्ने हुँदैन ।
जातिको कुनै औचित्य छैन। मानिसहरु उंच वा नीच आफूले गर्ने कर्महरुको कारणले मात्र हुन्छन्, जन्म-जाति को कारणले होइन । भगवान बुद्धको समय कालमा पनि जाति भेदको दुष्प्रभाव थियो । ब्राह्मणहरुले आफुलाई उच्चा र अन्य जातियलाई, ब्राह्मणहरुद्वारा नीच मान्ने गर्दथ्ये । जतीनै दुराचारी भएता पनि ब्राह्मण श्रेष्ठ, र जतिनै सदाचारी भएता पनि अन्य जातिय लाई अधम (मुर्ख) मान्ने गर्दथ्ये । तर तथागत भगवान् बुद्धले त्यस जातिवादलाई मान्येतर दिनुनै भएन, बल्कि त्यसलाई अस्वीकार गर्नु (नकारनु) भएर जरैबाट उखेलेर फेक्दिनु भएको थियो, र वहाँले सदाचार सील, समाधि, प्रज्ञाद्वारा निर्वाणको श्रेष्ठ उपदेस गर्नु भयो।
भगवानबुद्धले आफ्ना संघ समाजमा हरेक विभागका पुद्गलहरुलाई परस्पर सम्मिलित र समानताको स्थापना गर्नु भएको थियो । सारिपुत्र र मोग्गलान ब्राह्मण कुलमा जन्मीनु भएको थियो, उपालिको नाई कुलमा, र प्रकृति चाण्डाल कुलमा, अनाथपिंडिक वैश्य कुलमा, बिम्बिसार, प्रसेनजीत, खेमा आदिको क्षत्रिय कुलमा जन्म भएको थीयो । तर भगवान बुद्धको शरणमा सबैको स्थान एक समान थियो, जातियको कारण कुनै भेदभाव भन्ने हुँदैन थ्यो।
अरे, अम्बपाली नगर वधू भएको कारणले पनि कुनै भेदभाव थिएन भने, वहाँ भिक्खुणीसंधमा प्रविष्ट (प्रवज्जा) भएर नै, शुद्ध श्रेष्ठ भिक्खुणी हुनु भएको थियो। बौद्धधार्मिहरूको यो विशेषता छ कि- कुनै भिक्खुसंघहरुमा, भिक्खुणीसंघहरुमा, उपासक उपासिका संघहरुको सभासदमा, कुनै पनि गोत्र,जाति अथवा आयु को कारणले ठुलो वा सानो मानिदैनँ। जुन भिक्खुहरु उपसम्पदामा ठुला हुनुहुन्छ, वहाँहरुलाईनै ठुला मानिने चलन छ। उपालि भिक्खुको प्रवज्जा, छः जना राजकुमारहरुको भन्दा पहलै भएकाले शाक्यकुमारहरुले वहाँलाई वंदना, र सम्मान गरेको देखा पर्दछ।
“सद्धाय अभिनिक्खम्म, नवपब्बजितो नवो।
मित्ते भजेय्य कल्याणे, सुद्धाजीवे अतिन्दिते।
सघस्मिं विहरं भिक्खु, सिक्खेथ विनयं बुधो।
कप्पाकप्पेसु कुसलो, चरेय्य अपुरक्खतो’ति।।
” उपरोक्त उदान गाथा मा श्रद्धा, अभिनिष्क्रमण तरूणाई, संगति र शुद्ध आजीविका एवं आलस्यरहित अर्थात अप्रमादी या तन्द्रारहित हुनु- यी छः गुणहरुको संक्षिप्त वर्णन छ । उपालि महास्थविरको तीक्ष्ण बुद्धिको परिचय गराउने र धम्मलाई गहिरीएर जान्नुको यो पर्याप्त प्रमाण छ। जन्मले कोहि उचा हुँदैन, आफुले गरेको राम्रो कर्मले उच्चा, नीचा हुन्छन्। जब सम्म विनय पिटक विद्यमान छ, तब सम्म विनयधर उपालि महास्थविर जीवित भए जस्तै हो । भवतु सब्ब मंगलम्
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...