प्रेमिकासँग रात बिताएका प्रेमी मृत भेटिए

काठमाडौं । प्रेमिकासँगै रात बिताएका एक युवा मृत फेला परेका छन् ।
मंगलबार साँझ गोगंबुस्थित शुभकलश गेष्ट हाउसमा आफ्नी प्रेमिकासँग बसेका युवक विहान मृत्त भेटिएका हुन् ।
फेसबुकमार्फत चिनजान भएकी प्रेमिकासँग गेष्ट हाउस बस्न पुगेका काभ्रे घर भएका २५ वर्षीय प्रमोद गुरुङ विहान मृत्त फेला परेका हुन् ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले शुभकलश गेष्ट हाउसको १०४ कोठा नम्बरमा प्रमोद गुरुङ मृत अवस्थामा भेटिएको पुष्टि गरेका छन् ।
उनीहरु बसेको कोठा भियग्राहरु र गाँजा खाएर फालिएको चुरोटका ठुटाहरु भेटिएको छ । मृत्युको कारण खुल्न नसकेको उनले बताए । गेष्ट हाउस सञ्चालक र प्रेमिकालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
भाइटीकाको साइत कुन देशमा कतिबजे ?
काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...
सत्यमोहनले इच्छाएको चक्रसंवर
जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...
जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा
काठमाडौं– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा...
सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्
सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको...