उडिरहेको प्लेनबाट मानिस खसेपछि… – Janata Live
  • Saturday, February 4, 2023

उडिरहेको प्लेनबाट मानिस खसेपछि…

  • जनता लाइभ
  • असार १८, २०७६

उडिरहेको प्लेनबाट मानिस खसेपछि…

लण्डन । बेलायतमा उडिरहेको प्लेनबाट खसेका एकजनाको मृत्यु भएको छ । समाचार एजेन्सीहरुका अनुसार हिथ्रो विमानस्थलमा अवतरण गर्ने क्रममा रहेको केन्या एयरलाइन्सको विमानबाट एक यात्रु जमिनमा खसेका हुन् । ती यात्रु उक्त विमानको ल्याण्डिङ गियरभित्र लुकेर यात्रा गरिरहेका थिए ।

विमान अवतरणको क्रममा ल्यान्डिङ गियर खोलेपछि उनी तीन हजार ५ सय फिट माथिबाट जमिनमा खसेको बताइएको छ । मृतकको पहिचान खुल्न नसकेको बताइएको छ ।

दक्षिण लण्डनको आवासीय क्षेत्रमा रहेको एउटा घरको बगैंचामा ती व्यक्ति खसेका थिए । स्रोतका अनुसार उनी खसेको स्थानबाट करिब तीन फिटको दूरीमा घर मालिक घाम तापेर बसिरहेका थिए । ‘एकछिनसम्म म त ट्वाल्ल परेँ,’ ती घर मालिकले भने, ‘आकाशबाट मान्छे पो खस्यो, सोच्नै नसक्ने घटना हो त्यो ।’

ती व्यक्ति जमिनमा खस्दा ठूलो आवाज आएको प्रत्यक्षदर्शीको भनाइ छ । उनी खसेको स्थानमा जमिनसमेत भासिएको छ । केन्याको नैरोबीबाट स्थानीय समयअनुसार आइतबार बिहान सवा नौ बजे उडेको सो विमान हिथ्रो विमानस्थलमा अवतरणको तयारीमा थियो । एजेन्सी

Loading...
Loading...
Loading...

गोप्य विवरण सार्वजनिक गरेको भन्दै क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए सी जिनपिङ

बाली– चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन् । जी २० शिखर...

अवैध औषधि प्रयोग गर्दा यमनमा १० बालबालिकाको मृत्यु

यमन– यमनको राजधानी सानाको एक सार्वजनिक अस्पतालमा तस्करी गरिएको औषधि प्रयोग गरी उपचार गरिँदा ल्युकेमिया भएका दश बालबालिकाको मृत्यु भएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...