५ देखि ६० अंकसम्म थपेर सुरेन्द्र कोइरालालाई ‘डिग्री’ दिइएकै हो : त्रिवि – Janata Live
  • Friday, February 3, 2023

५ देखि ६० अंकसम्म थपेर सुरेन्द्र कोइरालालाई ‘डिग्री’ दिइएकै हो : त्रिवि

  • जनता लाइभ
  • असार १८, २०७६

५ देखि ६० अंकसम्म थपेर सुरेन्द्र कोइरालालाई ‘डिग्री’ दिइएकै हो : त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एउटै विद्यार्थीलाई अंक थपेर तीन विषयमा स्नातकोत्तरको डिग्री दिएको स्वीकार गरेको छ । तर, यो संस्थागत नभई व्यक्तिगत त्रुटि भएको त्रिवि पदाधिकारीले तर्क गरेका छन् ।

९ अंक ल्याएका सुरेन्द्र कोइरालालाई ६० नम्बर थपेर तीन विषयमा स्नातकोत्तरको डिग्री दिएको स्वीकार गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यार्थीसँगै मानविकी संकायको गोप्य शाखाका कर्मचारी रामबहादुर कर्मचार्यलाई पक्राउ गरेको छ । यसबारे अख्तियारले अनुसन्धान गरिरहेका बेला मंगलबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिले त्रिवि पदाधिकारीलाई छलफलमा बोलायो । बैठकमा त्रिवि रजिस्ट्रार डिल्लीराम उप्रेतीले ९ अंक ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेको स्वीकार गरे ।

रजिस्ट्रार उप्रेतीले बैठकमा भने, ‘९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर पास गर्ने त्रुटि भएको छ । तर, ती विद्यार्थीले गोल्डमेडल नै प्राप्त गरेको भन्नेमा सत्यता छैन । कोइरालाले समाजशास्त्र, अर्थशास्त्र र ग्रामीण विकास विषयमा स्नातकोत्तर डिग्री लिएका छन् । तर, प्रत्येक विषयमा पाँचदेखि ६० नम्बरसम्म थपेको पाइएको छ । कोइरालाले राजनीतिक शास्त्रमा पनि स्नातकोत्तर डिग्री लिएका छन् । त्यसमा भने उनले पाएको नम्बर मिलेको देखिएको रजिस्ट्रार उप्रेतीले जानकारी दिए ।

तीनवटा फ्याकल्टीअन्तर्गत झन्डै दर्जन विषयमा कोइरालाको नम्बर ‘म्यानिपुलेट’ भएको उप्रेती बताए । ‘अख्तियारले छानबिन गरिरहेकाले सबै विषय खोल्न मिल्दैन । तर, आन्तरिक रिपोर्टअनुसार इकोनोमिक्समा करिब ६ वटा विषयमा फेरबदल गरिएको छ । सोसोलोजी र रुलर डेभलपमेन्टअन्तर्गतका पनि दुई वा तीन विषयमा फेरबदल गरिएको छ । मैले त्यसका विषयचाहिँ भन्न मिल्दैन’, बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने ।

उनले सबै विषयमा उस्तै प्रकारले नम्बर नथपिएको बरु विविध तरिका अपनाइएको बताए । उनले भने, ‘तीनवटै विषयमा त्यसैगरी नम्बर थपिएको होइन । एउटामा ५ लाई ५९ बनाइएको छ । अरू दुई विषयमा ५-१०, ५-१० नम्बर थपिएको देखिन्छ ।’ यो खबर आजको राजधानी दैनिकमा छ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...