राज्य कोषमा रजाई: ११ महिनामा साढे १५ करोड वितरण – Janata Live
  • Sunday, February 5, 2023

राज्य कोषमा रजाई: ११ महिनामा साढे १५ करोड वितरण

  • जनता लाइभ
  • असार १८, २०७६

राज्य कोषमा रजाई: ११ महिनामा साढे १५ करोड वितरण

काठमाडौं । सरकारले आर्थिक सहायताका नाममा पछिल्लो ११ महिना साढे १५ करोड रुपैयाँ बाडेको छ । चालू आर्थिक वर्षको सुरुआती ११ महिनामा १५ करोड ३९ लाख रुपैयाँ वितरण गरेको हो ।

आर्थिक सहायता, उपचार खर्च र क्षतिपूर्ति शीर्षकमा मन्त्रिपरिषद्को निर्णयका आधारमा रकम वितरण गर्ने गरिएको छ । यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिनिधिसभाको निर्वाचनपछि एकै पटक १० करोड रुपैयाँ बाँडेको थियो । सो विषयको चर्को आलोचना भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पनि सोही कामलाई निरन्तरता दिदै आएको छ ।

देउवा नेतृत्वको सरकारभन्दा कम रकम दिएपनि त्यो रकम पार्टीका नेता कार्यकर्ता र तिनीहरूसँग सम्वन्धित संघ संस्थाले पाएका छन् । यस्तै केही रकम पाउनैपर्ने व्यक्ति र संघ सस्थाले पनि सहायता रकम पाएको देखिन्छ । पूर्व राष्ट्रपतिदेखी पार्टीका कार्यकर्तालाईसम्म सो रकम बाडिएको पाइएको हो ।

गएको जेठ महिनामा मात्र विभिन्न व्यक्ति र संस्थालाई झण्डै डेढ करोड रुपैयाँ बाँडेको छ । जेठमा एक करोड ४५ लाख रुपैयाँ आर्थिक सहयोग वितरण भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार रामेछापकी विमला विश्वकर्मालाई पाँच लाख, स्याङ्जाकी पवित्रा भण्डारीलाई ५ लाख, बसुन्धाराका रोहन गुरुङलाई ३० लाख, विर्तामोडका ध्रुवकुमार शिवाकोटीलाई ३० लाख, मोरङका गोविन्द कुमार गौतमलाई पाँच लाख, अछामका हिमाल विकलाई आठ लाख र बाँकेका कमलसिंह क्षेत्रीलाई एक लाख रुपैयाँ आर्थिक सहायता दिइएको छ । यस्तै काभ्रेका निलबहादुर बस्नेतलाई पाँच लाख र युगकवि सिद्धिचरण श्रेष्ठ अक्षयकोष काठमाडौं र अन्य १० जनालाई गरेर ५६ लाख रुपैयाँ वितरण गरिएको छ ।

वैशाख महिनामा सरकारले तीन करोड ४७ लाख रुपैयाँ वितरण गरेको छ । चैतमा आर्थिक सहायता र उपचार खर्चको नाममा एक करोड ५१ लाख रुपैयाँ बाँडेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । वैशाखमा रकम पाउनेमा पूर्वमन्त्री केशव बुढाथोकीलाई उपचार खर्चमा १० लाख, चक्रपाणि नेपाल, कविता श्रेष्ठ, नरहरी गैरे र गिरिराज शर्मालाई गरी २४ लाख रुपैयाँ वितरण गरेको छ । आमाको घर नेपाल संस्था कालिमाटीलाई ५० लाख, सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई एक करोड र मानव सेवा आश्रम काठमाडौलाई एक करोड रुपैयाँ सहायता सरकारले दिएको छ ।

यस्तै राष्ट्रियसभाका पूर्व सदस्य भिक्षु अश्वघोष महास्थविरलाई उपचार खर्च १० लाख ८० हजार, सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ललाई भारतमा उपचार गराउँदा ३६ लाख ३६ हजार र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवलाई उपचारको लागि एक लाख १३ हजार रुपैयाँ पनि वैशाखमै निकासा भएको छ । यस्तै विभिन्न व्यक्तिको उपचार खर्च र आर्थिक सहायताको नाममा १५ लाख रुपैयाँ सरकारले दिएको छ ।

चैत महिनामा सरकारले आर्थिक सहायता र उपचार खर्चको नाममा एक करोड ५१ लाख रुपैयाँ बाँडेको छ । कञ्चनपुर घटनाका घाइतेको उपचारको लागि २० लाख, आवश्यकता अनुसारको सहयोग शीर्षकमा विभिन्न व्यक्तिलाई ४१ लाख रुपैयाँ वितरण गरिएको छ । यस्तै चैत ११ गतेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार ६ वटा संस्था तथा व्यक्तिलाई ८० लाख रुपैयाँ दिइएको छ । यस्तै गोरखाका प्रहरी जवान स्वर्गीय अर्जुन जमरका परिवारलाई १० लाख रुपैयाँ दिइएको छ ।

सरकारले फागुन महिनामा नेता तथा कार्यकर्ताको उपचार र सहयोगको नाममा एक करोड २१ लाख रुपैयाँ भन्दा धेरै बाँडेको छ । पूर्व उपप्रधानमन्त्री स्वर्गीय भरतमोहन अधिकारीलाई १० लाख रुपैयाँ आर्थिक सहायता सहित यो रकम खर्च गरेको हो । गंगालाल श्रेष्ठको जन्म शताब्दी मनाउन पुष्पला स्मृति प्रतिष्ठानलाई पाँच लाख रुपैयाँ दिइएको छ । माघ महिनामा सरकारले ७९ लाख ९५ हजार रुपैयाँ आर्थिक सहायता र क्षतिपूर्ति रकम वितरण गरेको छ । सर्लाहीमा भएको घटनामा ज्यान गुमाएका रामविलास महतोको परिवारलाई १० लाख, पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई भारतमा उपचार गराउँदा २ लाख रुपैयाँ सरकारले दिएको छ ।

यस्तै मंसिर २८ गतेको मन्त्रिपरषद्को निर्णय अनुसार उपचार खर्च पाउने १२ जनालाई ७२ लाख रुपैयाँ दिइएको छ । यस्तै मंसिर १७ गतेको निर्णय अनुसार १५ लाख, २४ गतेको निर्णय अनुसार गीतादेवी साहलाई दुई लाख रुपैयाँ आर्थिक सहायता दिइएको अर्थ मन्त्रालयले जनाएको छ । पुस महिनामा सरकारले दुई करोड ३३ लाख ६४ हजार नौ सय रुपैयाँ वितरण गरेको छ ।

मंसिरमा भने एक करोड सात लाख १९ हजार रुपैयाँ वितरण गरेको छ । मंसिरमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको उपचार खर्चको लागि मन्त्रिपरिषद बैठकले सात लाख १९ हजार रुपैयाँ सहायता दिएको छ । यस्तै बलात्कारपछि हत्या गरिएकी पोखराकी श्रेया बिकका परिवारलाई पाँच लाख, रौतहतमा एसिड प्रहारबाट ज्यान गुमाएकी सम्झना दास र घाइते सुश्मिता दासका परिवारलाई पाँच लाख, बर्दियामा प्रहरी नियन्त्रणपछि ज्यान गुमाएका मनोहर यादवलाई मन्त्रिपरिषद निर्णयले १० लाख रुपैयाँ वितरण गरेको छ । सरकारले कात्तिकमा भने थोरै रकम बाँडेको छ । कात्तिकमा १० लाख रुपैयाँ वितरण भएको अर्थ मन्त्रालयले जनाएको छ । असोजमा भने रकम वितरण नभएको अर्थ मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा सरकारले ९९ लाख ४५ हजार ६ सय ६९ रुपैयाँ बाँडेको थियो । जसमा गोरखा फुजेलकी गंगामाया अधिकारीलाई २० लाख, राष्ट्रकवि माधव घिमिरेलाई उपचार गराउन १४ लाख ९८ हजार रुपैयाँ दिएको थियो । भदौमा एक करोड ८० लाख २८ हजार रुपैयाँ वितरण गरेको छ । जसमा काँग्रेस नेता नरहरी आचार्यलाई ३३ लाख ६१ हजार, निर्मला पन्तका हत्यारलाई कारबाहीको माग गर्दै भएको प्रदर्शनमा मारिएका सन्नी खुन्ना निर्मला पन्तका परिवारलाई १०/१० लाख र घाइतेका परिवारलाई गरी २८ लाख दिएको थियो ।-सौर्य दैनिकबाट

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...