लथालिङ्ग कांग्रेस, भताभुङ्ग भ्रातृसंस्था – Janata Live
  • Friday, February 3, 2023

लथालिङ्ग कांग्रेस, भताभुङ्ग भ्रातृसंस्था

  • जनता लाइभ
  • असार १७, २०७६

लथालिङ्ग कांग्रेस, भताभुङ्ग भ्रातृसंस्था

काठमाडौं । कांग्रेस विधानमा सबै पालिकामा समिति बनाउने व्यवस्था छ । तर, अहिलेसम्म बनाएको छैन । देश संघीयतामा जानुअघि देशभरका करिब चार हजार गाविस र नगरपालिकामा कांग्रेसका समिति थिए । नयाँ समिति नबनेकाले पुरानै समितिका सभापतिले अहिले पनि नेतृत्व गरिरहेका छन् ।

केन्द्रीय समिति नै अपूरो, विधान एकातिर, पार्टी अर्कैतिर
०७२ फागुनमा सभापतिमा निर्वा्चित शेरबहादुर देउवाको कार्यकाल सकिन लाग्यो, तर दलित कोटाबाट एक केन्द्रीय सदस्य मनोनीत हुन बाँकी नै छ । कांग्रेस विधानमा टोल, ६७४३ वडा, ७५३ पालिका, ३३० प्रदेश क्षेत्र, १६५ प्रतिनिधिसभा क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश गरी ८ तहका समितिको व्यवस्था छ । तर, व्यवहारमा जिल्ला समिति र केन्द्रीय समितिबाहेक अरू समिति नै छैनन् ।

महाधिवेशन भएको दुई महिनामा गठन हुनुपर्ने विभाग र समिति तीन वर्षमा पनि बनेनन्
कांग्रेस विधानमा ३० वटा विभागको व्यवस्था छ । केन्द्रीय नेतादेखि तल्लो तहका कार्यकर्तासम्मलाई परिचालन गर्ने यस्ता विभाग अझै बनेका छैनन् । केन्द्रीय समिति नबसेका वेला सक्रिय हुने कार्यसम्पादन समिति र निर्वाचनमा टिकट बाँड्ने संसदीय समिति विवादित भएर विघटन भए पनि अझै बनेका छैनन् । कांग्रेसका सबै संरचना महाधिवेशन भएको दुई महिनाभित्रै बन्नु पथ्र्यो ।

कांग्रेसका १८ शुभेच्छुक संस्था छन् । ती संस्थामा पार्टीको प्रत्यक्ष हस्तक्षेप हुँदैन । अधिकांश शुभेच्छुक संस्थाले समयमै महाधिवेशन गरेका छन् । कार्यकाल सकिए पनि प्रेस युनियनको महाधिवेशन नभएको दुई वर्ष बितेको छ । महाधिवेशन भए पनि सांस्कृतिक संघमा पाँच पदाधिकारी मात्रै छन्, कार्यसमिति पूर्ण हुन सकेको छैन । त्यस्तै, लोकतान्त्रिक शेर्पा संघ र कुमाल संघको महाधिवेशन नभएको पाँच वर्ष भएको छ ।

विश्व भेलाका चार दर्जन कार्यकर्तालाई प्रशिक्षण दिन दुई दर्जन नेता गए कोपनहेगन

संसारभर छरिएका कार्यकर्तालाई प्रशिक्षण दिन कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गत ६ देखि ८ असारसम्म डेनमार्कको कोपनहेगनमा विश्व भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम ग(यो ।

३३ देशमा कांग्रेसको जनसम्पर्क समिति छ, तर १२ देशका मात्रै अध्यक्ष उपस्थित भएका थिए । उनीहरूसाथ केही सहयोगी पनि थिए । कांग्रेसले भने २४ देशस्थित जनसम्पर्क समितिका २०५ कार्यकर्ता सहभागी भएको दाबी गरेको छ ।

तर, तस्बिरले भने ५० कार्यकर्ता पनि देखाउँदैन । काठमाडौंबाट उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, डा। रामशरण महत, डा। मीनेन्द्र रिजालसहित २२ नेता प्रशिक्षण दिन पुगेका थिए । परिवारसहित प्रतिनिधिमण्डल २९ जनाको थियो ।

नेता रामचन्द्र पौडेल भन्छन् –अब सभापतिसँग सोध्छौँ
भ्रातृ संस्थाको अधिवेशन नभएको मात्र होइन, पार्टीका संरचनासमेत बन्न सकेका छैनन् । पार्टीलाई कहिलेसम्म यस्तो भद्रगोल बनाउने रु पार्टीलाई चुस्तदुरुस्त नबनाउँदा हामी कमजोर देखिएका छौँ । सभापतिसँग अब यो विषयमा कुरा हुन्छ । पार्टीलाई भद्रगोल बनाएर उहाँले के गर्न खोज्नु भएको हो रु अब बस्ने केन्द्रीय समितिमा कुरा उठाउँछौँ ।

सहमहामन्त्री डा। प्रकाशशरण महत भन्छन्–संरचना चाँडै नै पूर्ण
भ्रातृ संस्थाहरूमध्ये नेविसंघको मात्रै तदर्थ समिति बनाउन बाँकी छ । तरुण दल पूर्ण हुन मात्र बाँकी हो । अरू संस्था महाधिवेशनकै क्रममा छन् । महाधिवेशन नहुँदा संगठनमा असर पारेको छ । तर, हामी छिटोभन्दा छिटो भ्रातृ संस्थादेखि पार्टी संरचनालाई पूर्णता दिने तयारीमा लाग्छौँ ।

कांग्रेसका १३ भ्रातृ संगठनमध्ये कतिको समिति नै छैन, केही १० वर्षसम्म विना अधिवेशन नै चलिरहेका छन्

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्मा प्रभावकारी भूमिका खेल्न नसकेको सार्वजनिक आलोचना चलिरहेको छ । एकातिर संघीय संरचनाअनुसार समितिहरू बनाउन नसकेर कांग्रेस लथालिङ्ग छ, अर्कोतिर उसका भ्रातृ र शुभेच्छुक संस्थाहरू पनि भताभुंग अवस्थामा छन् ।

नेविसंघमा समिति छैन
नेविसंघ कांग्रेसको सबैभन्दा ठूलो भ्रातृ संस्था हो । कलेज र विश्वविद्यालयसम्मका विद्यार्थीहरू संगठित हुँदै पार्टी राजनीतिमा आउने यो संगठनलाई पार्टीको नर्सरी मानिन्छ । गुटबन्दी र नेताहरूको व्यक्तिगत स्वार्थका कारण नेविसंघमा सबैभन्दा बढी भद्रगोल छ । निर्वाचित अध्यक्ष महरले नियमित दुई वर्ष र थप गरिएको ६ महिनामा पनि महाधिवेशन गर्न नसकेपछि समय सकिएपछि राजीनामा गत माघको अन्तिममा राजीनामा दिएका थिए ।

चार जनाको भरमा तरुण दल
महाधिवेशन भएपछि तरुण दलको अब ६ महिना मात्र कार्यकाल बाँकी छ । साढे दुई वर्षदेखि दलमा अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भूपेन्द्रजंग शाही र कोषाध्यक्ष विद्वान गुरुङ मात्र छन् । कार्यकाल सकिन लाग्दासमेत ९५ सदस्यीय समिति बन्न सकेको छैन । दलका महासचिव पार्टी नेतृत्वकै कारण दलको यस्तो हालत भएको बताउँछन् ।

किसानमा १४ वर्षसम्म एउटै नेतृत्व
भानु सिग्देल सभापति भएर दुईपटक उनी नै किसान संघको नेतृत्वमा दोहोरिए । उनको कार्यकाल सकिएको १४ वर्ष बढी भइसक्यो, तर महाधिवेशन भएको छैन ।

सेनानी संघमा १२ वर्ष एकै सभापति
१२ वर्षअघि वीरगन्ज महाधिवेशन भएपछि हुन सकेको छैन । कमल चित्रकार र चितकुमार श्रेष्ठपछि टंकप्रसाद शर्मा क“डेल संघमा सभापति छन् । ७० जिल्लामा संगठन भएको संघको ०६९ साल फागुनमा नवलपरासीको गैँडाकोटमा महाधिवेशन गर्ने अन्तिम तयारी थियो । नेतृत्वले चार दिनअगाडि रोकिदिएपछि अहिलेसम्म महाधिवेशन हुन सकेको छैन ।

जनजाति संघ अनिर्णयको बन्दी
०६४ सालमा पार्टी एकीकरण भएदेखि नै इन्द्रबहादुर गुरुङ सभापति छन् । नयाँ संरचनाअनुसार विधान बनाएर ७४ साल फागुनमा पार्टीमा पेस गरे पनि पार्टीले कुनै निर्णय नदिएर आफूहरूलाई बन्दी बनाएको गुरुङ गुनासो गर्छन् ।

६० भन्दा बढी जिल्लामा सञ्जाल रहेको संघमा पुरानो विधानअनुसार ५५ जिल्लाको अधिवेशन भइसकेको थियो । अब संघीय संरचनाअनुसार विधान बनाएर महाधिवेशनमा जानुपर्ने गुरुङ बताउँछन् । ‘पार्टी एकीकरण भएदेखि म सभापति छु । ६० र ४० प्रतिशतको भागबण्डाले काम गर्न पाइएन,’ उनी भन्छन् ।

अन्योलमा दलित संघ
०६९ सालमा चौथो महाधिवेशनबाट मीन विश्वकर्मा अध्यक्ष भएको सात वर्ष बितिसकेको छ । नियमित तीन वर्ष र एक वर्ष थप पाउने गरी चार वर्षे कार्यकाल सकिएर पनि थप तीन वर्षको समय सकिएको छ । तर, पनि दलित संघको महाधिवेशन हुन सकेको छैन ।

यही असारे २५ देखि २७ सम्म महाधिवेशनको मिति तोकिए पनि हुने अवस्था छैन । संघका अध्यक्ष मीन विश्वकर्मा दुईपटक महाधिवेशन तोकिए पनि हुन नसकेको बताउँछन् ।

अपांग संघले बजेट नै पाएन
०६६ वैशाखमा केन्द्रीय समितिको निर्णयअनुसार गठन भएको राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अहिलेसम्म महाधिवेशन हुन सकेको छैन । समितिमा भोजराज श्रेष्ठको अध्यक्षतामा पाँच पदाधिकारीसहित १७ सदस्यीय कार्यसमिति छ ।

मनोनीत गर्न बाँकी दुई सदस्य अझै पूर्ण भएको छैन । संघका महासचिव ओमप्रकाश बन्जाडेले पार्टीले बजेट नदिँदा महाधिवेशन अन्योल भएको बताए । ‘हामीले पार्टीसँग ४० लाख बजेट मागेका थियौँ । २० लाख जति पनि दिन नसक्नेजस्तो कुरा पार्टीबाट आयो,’ बन्जाडेले भने ।

तामाङ संघ पनि सुस्त
कवेलबहादुर तामाङ अध्यक्ष रहेको संघको पनि महाधिवेशन हुन सकेको छैन । उनको चारवर्षे कार्यकाल सकिइसकेको छ । तर, महाधिवेशनको सुरसार अझै भएको छैन । नयाँ विधानसँगै महाधिवेशनमा जाने गरी पार्टीसँग छलफल भइरहेको तामाङ बताउँछन् । ३५ सदस्यीय केन्द्रीय समिति रहेको संघमा उपाध्यक्ष, कोषाध्यक्षसहितका पदाधिकारी छन् ।

ठाकुर समाज पनि अधिवेशनविहीन
कांग्रेसको १२औँ महाधिवेशनबाट भ्रातृ संस्थाका रूपमा मान्यता पायो, सोही वर्ष समाजको महाधिवेशन भयो । सहमतिमा निर्विरोध रूपमा ११ सदस्यीय समितिमा पाँच पदाधिकारी चयन भए । अध्यक्ष अनिरुद्रप्रसाद ठाकुर पार्टी्भित्रको खिचातानी र प्राविधिक कारण महाधिवेशन नभएको बताउँछन् ।

महाधिवेशन भएका पनि विवादित, निस्क्रिय र अपूर्ण
मुस्लिम संघमा दुई पक्षबीच विवाद
सात वर्षपछि नेपाल मुस्लिम संघको महाधिवेशन सहमतिमा भयो । तर, संघमा दुई पक्षको विवाद छ । सहमतिमा नेतृत्व चयन गर्ने भन्दै सभापतिमा दाबेदारी छोडेको दाबी गर्दै वरिष्ठ उपाध्यक्ष मो। निजामुद्दिन भन्छन्, ‘नेतृत्व एकलौटी रूपमा अघि बढेपछि समस्या देखिएका छन् ।’

प्रादेशिक संरचनामा जाँदै मगर संघ
६ वर्ष समय बितेपछि डेढ वर्षअघि मगर संघको सहमतिमा महाधिवेशन भयो । ९ पदाधिकारीसहित ३९ सदस्यीय कार्यसमिति चयन भयो । संघका अध्यक्ष ओम थापामगरले सातमध्ये ६ प्रदेशमा संघको समिति बनेको जानकारी दिए । अब प्रदेश २ मा मात्र समिति गठन हुन बाँकी छ ।

महिला संघ अझै अपूर्ण
महिला संघको नियमित कार्यकाल नै बाँकी छ । तर, महाधिवेशन भएको तीन वर्ष पुग्न लागे पनि केन्द्रीय कार्यसमितिले अझै पूर्णता पाएको छैन । ५९ सदस्यीय कार्यसमितिमा चार केन्द्रीय सदस्य मनोनीत हुन बाँकी रहेको उपाध्यक्ष सरस्वती अर्याल तिवारीले बताइन् । नयाँ संरचनाको विधान बनेपछि महाधिवेशन गर्ने उनी बताउँछिन् ।

शुभेच्छुक संस्थाको पनि उही ताल
भ्रातृ मात्र होइन शुभेच्छकु संस्थाको हाल पनि उस्तै छ । कांग्रेसनिकट पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको पनि समय सकिइसके पनि महाधिवेशन हुन सकेको छैन । त्यस्तै, सांस्कृतिक संघमा पनि पाँच पदाधिकारी मात्रै छन् । कार्यसमिति गठन हुन सकेको छैन । यसको कार्यकाल पनि अब धेरै बाँकी छैन ।

संघीय संरचना नबन्दै महाधिवेशनको जोडघटाउ
०७२ असोज ३ मा संविधान बनेकै वर्षको फागुनमा कांग्रेसले १३औँ महाधिवेशन र्गयो । तर, संघीय संरचनाअनुसारको विधान गत वर्षको मंसिरदेखि पुसको पहिलो हप्तासम्म भएको महासमिति बैठकबाट बनायो ।

तर, विधानले व्यवस्था गरेका यी संरचना अझै बन्न सकेका छैनन् । १४औँं महाधिवेशन आउन अब नियमित एक वर्ष र विशेष कारण देखाएर एक वर्ष थप्न पाउँदा १९ महिना मात्र बाँकी छ । तर, संघीयताअनुसारका संरचना बनाउनेबारे कांग्रेसमा कुनै तयारी नै भएको छैन ।

जिल्ला बाहेकका संरचना नै छैनन्
कांग्रेसको संशोधित विधानले पार्टीमा वडादेखि केन्द्रसम्म गरी ८ वटा तह हुने उल्लेख गरेको छ । तर, विधान पारित भएको पाँच महिना बित्न लागे पनि कांग्रेसका पुरानै ७७ वटा जिल्ला समिति मात्र छन् । ७५३ स्थानीय तहमा कांग्रेसले जितेका स्थनीय तह मात्रै २६८ वटा छन् । आफूले जितेका स्थानीय तहमा पनि कांग्रेसका पार्टी संरचना छैनन् । ३३० प्रदेश निर्वाचन क्षेत्रअनुसार क्षेत्रीय समिति, निर्वाचन क्षेत्र २४० बाट घटेर १६५ वटा संघीय निर्वाचन क्षेत्रअनुसार क्षेत्रीय समिति बनाउनु पर्नेछ ।

एक निर्वाचन क्षेत्र भएका ३० भन्दा बढी जिल्ला र काठमाडौं उपत्यकाका १५ बाहेक १२० निर्वाचन क्षेत्रमा क्षेत्रीय समिति पुनः गठन गर्नुपर्नेछ । सात प्रदेश समिति, विभाग र यिनीहरूमा अरू समिति बनाएर पार्टीलाई सक्रिय बनाउनुपर्ने भए पनि यी परिवर्तित व्यवस्थालाई अझै आत्मसात गरेको छैन ।

संघीय संरचना बनाउनुअघि जोड घटाउ
महाधिवेशन नजिकिँदा पार्टीका संरचना निर्वा्चित गर्ने कि सहमतिमा तदर्थ समिति बनाउने भन्ने जोडघटाउमा कांग्रेसको संस्थापन र इतर समूहका आ–आफ्नै दाउ छन् । निर्वाचन हारेदेखि नै आलोचनाले घेरिएको संस्थापन पक्ष महाधिवेशनका मुखमा यी संरचनामा निर्वाचन गराउने पक्षमा छैन ।

तर, अरू समूहले विधानको व्यवस्थाअनुसार निर्वाचनबाटै नेतृत्व चयन गर्नुपर्ने मत राखिरहेका छन् । सहमतिमा तदर्थ समिति बनाउँदा आफूहरूको बहुमत हुने र तिनै समितिले गर्न पाउँदा आफूहरू कमजोर नहुने बुझाइ उनीहरूको छ ।

संस्थापनले निर्वाचनदेखि पार्टी सञ्चालन नै गलत तरिकाले गरेको भन्दै अरू पक्ष संस्थापनलाई कमजोर देखाएर १४औँ महाधिवेशनमा झन् कमजोर बनाउन निर्वाचनबाटै संरचनालाई पूर्णता दिनुपर्ने माग गरिरहेका छन् । २२ असारदेखि बस्ने केन्द्रीय समितिको बैठकमा संस्थापनइतरका पक्षले १४औँ महाधिवेशनको कार्यतालिका सुरु गर्नुपर्ने वा संघीयताअनुसारका पार्टी संरचनालाई निर्वाचनबाट गठन गर्नुपर्ने दबाब बढाउने तयारी गरेका छन् ।

विभागदेखि महत्वपूर्ण समिति अझै बनेनन्
पार्टीका केन्द्रीय नेतादेखि वडा तहसम्मका नेतालाई परिचालन गर्न सकिने कांग्रेसका विभाग अझै बन्न सकेका छैनन् । विधानले ३० भन्दा बढी विभागको व्यवस्था गरेको छ । केन्द्रीय समिति बैठक बस्न नसकेका वेला बस्नुपर्ने केन्द्रीय कार्यसम्पादन समिति पनि गठन हुन सकेको छैन । त्यस्तै, निर्वाचनमा टिकट बाँड्ने संसदीय समिति पनि गठन भएको छैन । जबकि यी सबै संस्था महाधिवेशन भएको दुई महिनाभित्रै पूर्ण हुनुपर्ने थियो ।

केन्द्रीय समिति अझै अपूर्ण
पदाधिकारी र २१ मध्ये २० केन्द्रीय सदस्य मनोनीत गर्न साढे दुई वर्ष लगाएका सभापति शेरबहादुर देउवाले एक केन्द्रीय सदस्य अझै मनोनीत गरेका छैनन् । दलित कोटाबाट एक केन्द्रीय सदस्य मनोनीत भएपछि मात्रै विधानको पुरानो व्यवस्थाअनुसारको कार्यसमिति पूरा हुन्छ । नयाँपत्रिका दैनिकबाट

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...