आफ्ना पति हुँदा हुँदै परपुरुषसँगको सम्बन्धले यस्तो भयो

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीकी ६१ वर्षीया सावित्रा भट्टराईको हत्यामा उनकै छोरीको संलग्नता रहेको खुलेको छ । आफ्ना पति हुँदा हुँदै परपुरुषसँगको सम्बन्धमा रहेकी २७ वर्षीया छोरी ईश्वरी भट्टराईले प्रेमीसँगको सम्बन्धका कारण आमाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । आइतबार बिहान चक्कु प्रहार गरी घाँटी रेटेर सावित्रीको हत्या गरिएको थियो ।
हत्याको अनुसन्धानका क्रममा प्रहरीले उनकी छोरी २७ वर्षीया ईश्वरीसहित चारजनालाई पक्राउ गरेको छ । ईश्वरीले सिराहा स्थायी घर भई भक्तपुर पुरानो ठिमी बस्दै आएका प्रेमी मोहम्मद नौसादसँगको सम्बन्ध आमाबाट बाहिर आउने थाहा पाएपछि आमाको हत्याको योजना बुनेको प्रहरीले बताएको हो ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले प्रेमी नौसादसँगको सम्बन्ध आमाले थाहा पाएपछि छोरीको घरबार बिग्रन नदिने र ज्वाइँलाई भनिदिने भनेपछि ईश्वरीले प्रेमीसँग मिलेर आमाको हत्या गरेको बताए ।
‘पटक–पटक छोरीलाई भेट्न नौसाद घर आउन थालेपछि आमाले उनीहरुको सम्बन्धबारे थाहा पाइन्, सो कारण छोरीको घर बिग्रन नदिन र ज्वाइँलाई जानकारी दिने भनेपछि प्रेमीसँग मिलेर हत्याको योजना बुनेको देखिन्छ,’ महाशाखाका प्रमुख थापाले भने । उनले हत्यामा भाडाका मान्छे प्रयोग गरिएको अनुसन्धानबाट खुलेको समेत जनाए । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।
बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत
बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...
आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...