श्रीमान हुँदाहुँदै अवैध यौन सम्बन्ध ! – Janata Live
  • Saturday, February 4, 2023

श्रीमान हुँदाहुँदै अवैध यौन सम्बन्ध !

  • जनता लाइभ
  • असार १६, २०७६

श्रीमान हुँदाहुँदै अवैध यौन सम्बन्ध !

काठमाडौं । आमा भन्दा ठूलो संसारका अरु कोही पनि हुँदैनन् भनिन्छ । भक्तपुर चाँगुनारायणकी ६१ वर्षीया सावित्री भट्टराईले अनेक दुःख खपेर जन्माएकी छोरी ईश्वरीले आफैलाई हत्या गर्ने यत्रो योजना बुनेकी थिइन् भन्ने विचरी आमालाई पत्तै भएन ।

६१ वर्षीया वृद्ध सावित्रीको हत्याको मुख्य कारण यौन सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका नौसाद र ईश्वरीबीच एक वर्षदेखि चिनजान थियो । उनीहरु राजधानीको एक गार्मेन्टमा सँगै काम गर्थे । चिनजानकै क्रममा उनीहरुको सम्बन्ध प्रेममा परिणत भयो ।

एक वर्षदेखि नै उनीहरुबीच यौन सम्पर्क समेत हुँदै आएको दुवैले स्वीकार गरिसकेका छन् । ईश्वरीका एक छोरा र श्रीमान् छन् । आमा सावित्रीलाई केही वर्ष पहिलादेखि नै श्रीमानले छाडेको र छोरा नभएकाले उनी कान्छी छोरी ईश्वरीकोमा बस्दै आएकी थिइन् । सावित्रीका चार छोरी रहेको पाइएको छ ।

यौन सम्पर्कसम्म भइसकेपछि ईश्वरी र नौसाद दुवैले एक–अर्कालाई छाड्न सकेका थिएनन् । त्यसका लागि बाधक बनेकी सावित्रीलाई हत्या गर्ने योजना अनुसार ईश्वरीले नौसादलाई डेढ महिनाअघि दुबई पठाएको प्रहरी बताउछ ।

‘नौसाद जाने बेला नै ईश्वरीले एउटा सिमकार्ड दिएकी थिइन् । डेढ महिनामा काठमाडौं फर्किसकेपछि यही सिम प्रयोग गर्नु, तर मलाई फोन नगर्नु, घर खाली गराउने व्यवस्था म गर्छु । त्यही मौकामा हत्या गरेर भाग्नु’ सावित्रीले नौसादलाई भनेका कुरा प्रहरीले पत्रकार सम्मेलनमा सुनायो ।
आमा सावित्रीको हत्या गरेपछि श्रीमान् सोनामलाई पनि जापान पठाउने र आफूहरु आनन्दले काठमाडौंमा बस्ने योजना उनीहरुले बनाएको रहस्य समेत खुलेको छ ।

घटना यस्तो
सावित्री आफ्नी कान्छी छोरी २७ वर्षीया ईश्वरी भट्टराई र ज्वाई सोनाम थापामगरको घर चाँगुनारायणमा बस्दै आएकी थिइन् । छोरी–ज्वाईले चाँगुनारायणमा घर बनाएको करिब डेढ महिना मात्रै भएको थियो । सावित्रीको जिम्मा ४ वर्षीय नाती दिप्सनलाई स्कुल पुर्‍याउने थियो ।

१५ गते बिहानै छोरी ईश्वरी घरबाट निस्किइन् । ज्वाईले सिनामंगलमा होटल सचालाउँदै आएका थिए । उनी कहिलेकाँही मात्रै घर आउँथे । त्यस दिन उनी घर आएका थिएनन् ।

आइतबार घरमा नाति र सावित्री मात्रै थिए । बिहान साढे ९ बजे दुई युवक पुगे । तीमध्ये एउटालाई उनले पहिल्यैदेखि चिनेकी हुन् । उनी थिए, सिरहाको कल्याणपुर नगरपालिका–४ घर भई हाल भक्तपुरको पुरानो ठिमीमा बस्दै आएका २३ वर्षका मोहम्मद नौसाद । नौसादसँग गएका अर्का व्यक्तिलाई भने सावित्रीले चिनिनन् ।

नौसाद यसअघि पनि त्यस घरमा गइरहन्थे । सावित्रीसँग नौसादले डेढ लाख रुपैयाँ ऋण लिएर दुबई समेत गएका थिए । घरमा रेकी गर्न गएका नौसाद र सावित्रीबीच पैसाकै विषयमा सामान्य भनाभन पनि भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यसपछि उनी नाती दिप्सनलाई स्कुल पुर्‍याउन बाटो लागिन् । उनीहरु पनि घरबाट बाहिरिए ।
नातीलाई स्कुल पुर्‍याएर करिब आधा घण्टाबीचमा सावित्री घर फर्किइन् । त्यसको केही समयमै तीन युवा फेरि सावित्रीको घरमा प्रवेश गरे । ’एउटाले हात समाते, अर्काले मुख थुने र अर्काल एकले सावित्रीको घाँटी रेटेर हत्या गरेको पाइयो,’ महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले सोमबार विहान गरिएको पत्रकार सम्मेलनमा सुनाए ।

सावित्रीको हत्या गर्दा करिब ११ बजिसकेको थियो । हत्या कसले किन गरेको रहस्यकै गर्भमा थियो । महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर भक्तपुरले अनुसन्धान थाल्यो । अन्ततः घटना भएको २४ घण्टा नबित्दै हत्यामा संलग्न ४ जना पक्राउ परे । हत्याको मुख्य योजना बनाउने सावित्रीकी कान्छी छोरी ईश्वरी निस्किइन् ।

नौसादलाई घरमा देख्ने साक्षीको रुपमा ४ वर्षीय नाती दिप्सन मात्रै थिए । ‘नौसाद पहिला पनि पटक पटक आफ्नो घरमा आउने गरेकाले दिप्सनले सहजै चिन्ने गरेका रहेछन्,’ अपराध महाशाखाका डिएसपी रवीन कार्की पत्रकार सम्मेलनमा घटनाबारे बताउँछन, ’दिप्सनले नौसाद आएको भनेर नाम लिएपछि अनुसन्धानमा सहज भयो ।’

त्यसपछि प्रहरीले नौसाद को हनु्, के गर्थे भन्ने खोज्न थाल्यो । अनुसन्धान क्रममा सिरहा घर भएका दिप्सन डेढ महिनाअघि मात्रै दुबई गएको अनुसन्धानबाट खुल्यो । तर, डेढ महिना दुबई गएको मान्छेबाट कसरी हत्या हुन सम्भव छ रु अनुसन्धानमा खटिएका प्रहरी नै अलमलमा परे । नौसाद नेपाल आए–नआएको भन्ने यतिञ्जेल प्रहरीलाई थाहा नै थिएन ।

नौसाद दुबईबाट काठमाडौं आएको असार १५ गते ९ दिन मात्रै पुग्दै थियो । त्यसबीच उनले कसैलाई फोन सम्पर्क गरेका थिएनन् । जसकारण उनी काठमाडौं आए–नआएको पत्तो थिएन । तर हत्याको एक–दुई दिन अघि मात्रै नौसादले आफ्ना भाइलाई फोन गरेका थिए ।

दाइसँग भएको फोन सम्पर्कका बारेमा उनले ईश्वरीकी दिदी (हत्या गरिएकी सावित्रीकी साइली छोरी) लाई सुनाएका थिए । साइँली छोरी हाल डिभोर्स गरेर बसेकी छिन् । नौसादका भाइ र उनको राम्रै चिनजान समेत थियो । अनुसन्धानका क्रममा नौसाद काठमाडौं आएको र फोन सम्पर्क समेत गरेको साइली छोरीबाट जानकारी भयो । त्यसपछि मोबाइल लोकेसनका आधारमा नौसाद आइतबार राति धादिङको गजुरीबाट पक्राउ परे ।

नौसादकै बयानका आधारमा सावित्रीकी छोरी २७ वर्षीया ईश्वरी भट्टराई, भारतको पूर्वी दिल्लीस्थित दुभौली पञ्चायतको नयाँ अशोकनगरका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार र भारतकै मधुवनी जिल्ला रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिशलाई पक्राउ गरिएको हो ।

ईश्वरीकै योजनामा दुबई गएको डेढ महिनामै फर्किएका थिए, नौसाद । अब उनलाई सावित्रीको हत्या गर्नु थियो । सोही योजना अनुसार भोला कुमार र मोहम्मद रहिशलाई नौसादले १२ लाख रुपैयाँको सुपारी दिएको पाइएको छ ।

रहिश नौसाका फुपूका छोरा हुन् । भोला भने काठमाडौं ढुंगेअड्डामा गार्मेन्टमै काम गर्छन् । उनीसँग पनि नौसादको पहिल्यै चिनजान थियो । १२ लाख रुपैयाँमा लोभिएर उनीहरु सावित्रीको हत्या गर्न तयार हुन्छन्। काम फत्ते भएपछि दाम दिने वचन नौसादले दिएका हुन्छन् ।-ईहुलाकीबाट

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...