सेनाका ३ हेलिकोप्टर सहित ५० बढि सुरक्षाकर्मी भिडन्तस्थलतर्फ, कति छन् विप्लवका सेना ?

काठमाडौं । संखुवासभामा भएको भनिएको विप्लव नेकपा र सुरक्षाकर्मी बीचको गोली हानाहान स्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाको हेयाङ्लामा गोली चलेको हो । प्रहरीले सुरुमा विप्लव नेकपाका कार्यकर्ताले गोली चलाएको दाबी गरेको छ । तर, स्थानीयका अनुसार एकतर्फी गोलीको आवाज सुनिएको थियो ।
उक्त ठाँउमा झन्डै २५ जनाको संख्यामा विप्लवका कार्यकर्ता देखिएको प्रहरीले दाबी गरेको छ । यसैबीच जिल्ला सुरक्षा समितिको बैठक सदरमुकाम खाँदबारीमा बसिरहेको छ ।
घटनाबारेमा जिल्लाका सुरक्षा अधिकारीहरुले बोल्न अस्वीकार गरिरहेका छन् ।
अहिले सशस्त्र प्रहरी निरीक्षक उमेश थापा र नेपाल प्रहरीका प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५/२५ जनाको बेग्लाबेग्लै टोली सेनाको ३ वटा हेलिकोप्टरमा उक्त स्थलमा पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट गस्ती गएको टोली र विप्लव नेकपाबीच सोमबार बिहान गोली हानाहान भएको बताइएको छ ।
सिलिचोङ गाउँपालिकाका स्थानीयका अनुसार बिहान १० देखि साढे १० बजेको समयमा गाउँमा गोली चलेको आवाज आएको थिए ।
अटोमेटिक राइफलबाट मकै पड्के जस्तै गोली चलेको स्थानीयले बताएका छन् । तर घटनामा हताहती या अन्य क्षतिबारे प्रहरीले केही बोलेको छैन । उक्त गोली सुरक्षाकर्मीले एकतर्फी चलाएको आशंका स्थानीयले गरेका छन् ।
घटनास्थल सदरमुकाम खाँदबारीबाट एक दिनको पैदल दूरी टाढा हो ।
घटनाबारे विप्लव नेकपाले कुनै मुख खोलेको छैन् । विप्लव नेकपाले सुरक्षाकर्मी माथि आक्रमण गर्ने कुनै निती नरहेको बताउँदै आएको छ । यसअघि पनि प्रहरीले भोजपुरमा तिर्थ घिमिरे र सर्लाहीमा कुमार पौडेलको नियन्त्रणमा लिई हत्या गरेको थियो ।
घटनाबारे प्रहरीले भिडन्त भएको बताएपनि पछि नक्कली भिडन्त भएको कुरा सार्वजनिक भएका थिए । ईहुलाकीबाट
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।
बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत
बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...
आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...