बाघसँग तीन घण्टा भिडेर मृत्युको मुखबाट फिर्ता भए इन्द्र – Janata Live
  • Sunday, February 5, 2023

बाघसँग तीन घण्टा भिडेर मृत्युको मुखबाट फिर्ता भए इन्द्र

  • जनता लाइभ
  • असार १६, २०७६

बाघसँग तीन घण्टा भिडेर मृत्युको मुखबाट फिर्ता भए इन्द्र

चितवन । खेतमा चरिरहेको बाख्रा खान आएको बाघसँग माडीका इन्द्रबहादुर दूराको जम्काभेट भयो । ५० फिट पर बाघ देख्दा उनी आत्तिए । बाघले उनलाई झम्टियो ।

उनले बाघको घाँटीमा अठ्याए । बाघ झम्टिन्थ्यो, उनी हातले हुत्याउँथे । बाघबाट जोगिन उनलाई कम्ता सकस परेन । उनले आफ्नो जीवन ‘यत्ति हो’ भन्ठाने । झण्डै तीन मिनेट उनले वयस्क बाघको सामना गरे। अन्तमा बाघलाई जितिछाडे इन्द्रबहादुरले ।

‘टीभीमा मात्रै देखेको बाघसँग प्रत्यक्ष मुठभेड हुँदा जिन्दगी सकियो भन्ने लाग्यो’, उनले भने, ‘बाघले झम्टिने, मैले हुत्याउने क्रम चलिरह्यो । शरीरभरि रगत देख्दा बेहोस हुँलाझैं भयो । तर, हिम्मत नहारी भिडिइरहें ।’

बाघका अगाडिका खुट्टाको पञ्जाको प्रहार रोक्न उनलाई सकस भयो । देब्रे हात बाघले मुखमा हालेपछि उनले दाहिनेले त्यसको घाँटी अठ्याए । बाघले हातमै आक्रमण ग¥यो । बाघको अगाडिको खुट्टा टोकेर उनले बाघलाई लडाए । कम्मरमा बाँधेको खुर्पेटोबाट हँसिया निकालेर हान्न थाले । त्यसपछि मात्र बाघ भागेको उनले सुनाए ।

बल र बुद्धि दुवै लगाएर बाघलाई पराजित गरेको गर्वका साथ उनले सुनाए । शारीरिक रूपमा हट्टाकट्टा भएकाले बाघसँग लडेको उनको भनाइ छ। ‘मृत्युको मुखबाट फुत्किएर नयाँ जीवन पाएको छु’, उनले खुसी हुँदै भने, ‘बाँघसँगको त्यो लडाइँ सम्झिँदा कहाली लाग्छ ।’

उक्त घटना असार ११ मा भएको हो । घरबाट सय मिटर दूरीमा जंगलसँगै जोडिएको खेत छ । नजिकै गोविन्देश्वर मध्यवर्ती सामुदायिक वन छ । खेतमा बाख्रा चराउन जाँदा बाघले आक्रमण गरेको थियो । सुरुमा बाघले माउ बाख्रालाई अठ्याएको देखेपछि उनी कराउन थाले। उनले खेतमा पाएसम्मको माटोका डल्ला, ढुंगाले हाने । उनको कुकुरले बाघलाई झम्टियो । कुकुर भागेर आएपछि बाघले इन्द्रबहादुरलाई आक्रमण गरेको थियो ।

उनी मृत्युको मुखबाट फुत्किएकाले परिवारमा खुसियाली छाएको भाउजू भोला दुराले बताइन् । ‘बाघको मुखबाट फुत्किएर आएको कुरा सुरुमा सुन्दा कहाली लाग्यो’, उनले भनिन्, ‘नदेख्दासम्म त आशा मारेका थियौं ।’ घाइते अवस्थामा इन्द्रबहादुरले फोन गरेका थिए ।

स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि उनी भरतपुर आएका छन् । पुरानो मेडिकल कलेजमा उनको उपचार भइरहेको छ । देब्रे हातमा गम्भीर चोट लागेको छ । टाउकोमा पाँच टाका लगाइएको छ । बाघले चिथोरेको दाहिने हातमा पनि टाका लगाइएको छ । रेबिजविरुद्धको भ्याक्सिन लगाइएको छ ।

उनी प्रहरीका अवकाशप्राप्त हवल्दार हुन् । माडी नगरपालिका–९ गोविन्द बस्तीमा उनले बाख्रापालन गरेका छन् । उनका श्रीमतीसहित एक छोरा र एक छोरी छन् । अस्पतालमा भेट्न जानेलाई उनलाई बाँचेर आएको भन्दै बधाई दिएका छन् । बाघको आक्रमणबाट उनकै गाउँका तीन जनाले ज्यान गुमाइसकेका छन् । अन्नपूर्ण पोष्टबाट

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...