बै‌ंक तथा वित्तीय संस्थामा कडाइ गरियो, बैंकिङ बजारमा तरंग – Janata Live
  • Saturday, February 4, 2023

बै‌ंक तथा वित्तीय संस्थामा कडाइ गरियो, बैंकिङ बजारमा तरंग

  • जनता लाइभ
  • असार १६, २०७६

बै‌ंक तथा वित्तीय संस्थामा कडाइ गरियो, बैंकिङ बजारमा तरंग

काठमाडौं । गत साता राष्ट्र बैंकले गाभ्ने तथा गाभिने संस्थाको नामसहित एक साताभित्र प्रतिबद्धता पत्र पेश गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएपछि बैंकिङ बजारमा तरंग पैदा भएको छ। कतिपयले यसलाई राष्ट्र बैंकको अस्थिर नीति श्रृंखलामा एक अर्को कडी भनेका छन् भने कतिपयले यो निर्देशनलाई आवश्यक ठानेका छन्।

एको तीन दशकमा मुलुकमा १६९ वित्तीय संस्था थपिए। राष्ट्र बैंक अहिले वित्तीय संस्थाको संख्या घटाउन लागिपरेको छ। राष्ट्र बैंकले २०६६ सालदेखि नयाँ बैंक तथा वित्तीय संस्थालाई अनुमति प्रदान गर्न बन्द रेको थियो। त्यसअघि जथाभावी लाइसेन्स वितरण गरेको उसले गाभ्ने र प्राप्ति (मर्जर र एक्विजिसन) नीति ल्यायो। ती नीतिले वित्तीय संस्था त घटे तर ठूला (वाणिज्य बैंक) संस्था अपेक्षित रूपमा घट्न सकेनन्।

यसकारण ‘बिग मर्जर’ र ‘फोर्सफुल्ली मर्जर’को बारेमा चर्चा चलेको छ। विगत तीन दशकमा नेपाली वित्तीय प्रणालीमा धेरै उतारचढाव आए। त्यही उतारचढावका कारण बैंक र वित्तीय संस्थाको संख्या २२० पुग्यो। घटेर १४९ सम्म पनि पुग्यो। वैशाखसम्म बैंक र वित्तीय संस्थाको संख्या कुल १७६ पुगेको राष्ट्र बैंकको तथ्यांक छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...

इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप

काठमाडौं– इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने समय थप भएको छ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा...

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकोको छ । जस अनुसार आज अमेरिकी एक...

इष्टर्न हाइड्रोपावरको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

इष्टर्न हाइड्रोपावर लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन गरेपश्चात...

घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले...

कतिमा हुँदैछ आज सुन–चाँदीको कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको...