मपछि उत्तराधिकारी महिला पनि बन्न सक्छिन् तर आकर्षक हुनुपर्छ: दलाई लामा

नयाँ दिल्ली (बीबीसी) – निर्वासनमा बसेर पनि विभिन्न देश घुमिरहने उनी पृथ्वीका ख्यातिप्राप्त व्यक्तिहरूमा पर्छन्। ख्यातिप्राप्त व्यक्तित्व अर्थात् सेलिब्रिटीहरूको पूजा गरिने अहिलेको समयमा दलाई लामा विश्वमा अहिले आध्यात्मिक सुपरस्टार नै मानिन्छन्।
चौरासी वर्ष पुग्नै लाग्दा दशौँ लाख मानिससँग हात मिलाएका र थुप्रै प्रेरणादायी अभिव्यक्ति दिएका दलाई लामा स्वतस्स्फुर्त र कहिलेकाहीँ स्तब्ध तुल्याइदिने बनिदिन्छन्।
सन् १९५९ यता भारतको धरमशालामा निर्वासित जीवन बिताइरहेका तिब्बती आध्यात्मिक नेता दलाई लामाले आफ्नो उत्तराधिकारी महिला पनि हुन सक्ने बताएका छन्। तर ती महिला ‘आकर्षक हुनु पर्ने’मा उनको जोड छ।
दलाई लामा आउने जुलाई ६ तारिखमा ८४ वर्ष पुग्दैछन्। वास्तविक नाम तेन्जिङ ग्यात्सो रहेका उनी दलाई लामाका १४ औँ अवतार हुन्।
तिब्बतका एक प्रमुख लामाका रूपमा पुजिने दलाई लामालाई तिब्बती बौद्ध परम्पराअनुसार अवलोकितेश्वरको अवतार मानिन्छ।
उनको भावी उत्तराधिकारीको चयन भविष्यमा तिब्बती धार्मिक एवं सांस्कृतिक परम्पराअनुसारै हुने धेरैको विश्वास छ।
तर तिब्बतमा चीनले आफ्नो प्रभाव बढाएको बेला चीनविरोधी विद्रोह असफल भएपछि दलाई लामा भागेर सन् १९५९ मा भारत निर्वासनमा गए।
उनी निर्वासनमा रहेकाले उत्तराधिकारी को होलान् तथा कहाँ र कसरी छानिएलान् भन्ने विषयमा व्यापक चासो छ।
बीबीसी संवाददाता रजनी वैद्यनाथनसँगको अन्तर्वार्ताका क्रममा दलाई लामाले आफ्नो उत्तराधिकारी महिला पनि हुन सक्ने भन्ने भनाइ दोहोर्याएका छन्।
उनले यदि महिला भए तिनी आकर्षक हुनु पर्नेमा पुनस् जोड दिएका छन्।
सन् २०१५ मा उनले आफ्नो उत्तराधिकारी यदि महिला भएमा उनी आकर्षक हुनु पर्ने भन्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए।
त्यसै प्रसङ्गमा आफ्नो धारणा अघि सार्दै दलाई लामाले सौन्दर्य बुद्धि जत्तिकै महत्त्वपूर्ण रहेको आफ्नो विश्वास रहेको बताए ।
‘यदि महिला दलाई लामा आइन् भने उनी अझै आकर्षक हुनु पर्नेछ,’ बीबीसीसँगको अन्तर्वार्ताको क्रममा उनले हाँस्दै भने।
विभेद, समानता र भित्री आत्मविश्वासको पाठ सिकाउने दलाई लामाको त्यो भनाइ आफैँमा विरोधाभासपूर्ण लाग्न सक्छ। तर उनले संवाददाता वैद्यनाथनसँग भने बौद्ध साहित्यमा भित्री र बाहिरी दुवै सौन्दर्यको उत्तिकै महत्त्व रहेको छ।
उनले समानता पनि महत्त्वपूर्ण रहेको बताउँदै उनी आफू लैङ्गिक समानता र महिलालाई कार्यस्थलमा समान पारिश्रमिक र समान अधिकारको पक्षमा रहेको बताए।
अत्यन्त खुला अन्तर्वार्ताका क्रममा दलाई लामाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, आप्रवासनको समस्या, चीनको राजनीति, तिब्बतको भविष्य, आफू तिब्बत फर्किन सक्ने सम्भावना आदि विषयमा आफ्ना धारणा राखेका थिए।
उनको विचारमा तिब्बत नफर्किएर भारतमै रहँदाको एउटा फाइदा स्वतन्त्र वातावरण हो जसले उनलाई खुला रूपमा बोल्ने स्वतन्त्रता दिएको छ।
उनको एकताको सन्देश विश्वव्यापी छ। तर करुणाका लागि प्रख्यात भएपनि दलाई लामाका कतिपय भनाइहरू स्तब्ध बनाउने खालका हुने गर्छन्।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...