कुटाईबाट श्रीमतीको मृत्यु – Janata Live
  • Wednesday, February 8, 2023

कुटाईबाट श्रीमतीको मृत्यु

  • जनता लाइभ
  • असार १५, २०७६

कुटाईबाट श्रीमतीको मृत्यु

बर्दियामा श्रीमानको कुटाईबाट एक महिलाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका–९ निवासी ४८ वर्षीय केशरबहादुर देसुवा मगरले आफ्नै श्रीमतीलाई कुटपिट गर्दा ४५ वर्षीया दिलमाया देसुवा मगरको मृत्यु भएको हो ।

श्रीमानले बेहोस हुनेगरी कुटेपछि घाइते भएकी दिलमायाको गुलरिया अस्पताल बर्दियामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए ।

केशरबहादुरलाई तत्काल नियन्त्रणमा लिइ कर्तब्यज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको भारतीले जानकारी दिए । उनलाई बर्दिया जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

Loading...
Loading...
Loading...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...

जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा

काठमाडौं– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा...

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको...