‘धर्तीमाता’ हिरासतमा : बुटवलमा पनि पर्‍यो यस्तो उजुरी – Janata Live
  • Sunday, February 5, 2023

‘धर्तीमाता’ हिरासतमा : बुटवलमा पनि पर्‍यो यस्तो उजुरी

  • जनता लाइभ
  • असार १५, २०७६

‘धर्तीमाता’ हिरासतमा : बुटवलमा पनि पर्‍यो यस्तो उजुरी

काठमाडौं । अघिल्लो साता काठमाडौं भद्रकालीमा युवतीमाथि हातपात गरेकी कथित ‘धर्तीमाता’ विष्णु कुँवरले विगतमा पनि माताको भेषमा विभिन्न व्यक्तिमाथि हातपात गर्दै आएको पाइएको छ ।

बुटवलमा दुई ब्यक्तिलाई धारिलो हतियार प्रहार गरेको आरोपमा कुवँरलाई बुटवल प्रहरीले पक्राउ गरेको थियो । प्रहरी निरीक्षक हेम केसीले कुँवरले दुई ब्यक्तिलाई धारिलो हतियार हानेको भन्दै प्रहरीमा उजुरी परेको पुष्टि गरे ।

गुल्मी, पालुखा स्थायी घर भएकी कुँवर बुटवल कालिकानगर लखनपथ बस्दै आएकी छिन् । प्रहरीका अनुसार उनले बुटवल उपमहानगरपालिका ११ बस्ने झविमाया शिरीष र उनकी छोरी विष्णु थापामाथि धारिलो हतियार प्रहार गरेकी थिइन् ।

धारिलो हतियार प्रहारबाट घाइते भएका उनीहरुले प्रहरी समक्ष उजुरी गरेका थिए । पीडितको उजुरीका आधारमा कुँवरलाई पक्राउ गरियो । तर पीडितले नै उजुरी फिर्ता लिएपछि छाडिएको प्रहरीको भनाइ छ ।

प्रहरी निरिक्षक केसीका अनुसार कुवँरविरुद्ध उजुरी पर्नेक्रम पछिल्लो समय ह्वात्तै बढेको बताए । उनका अनुसार माताले कुटेको, निको पार्छु भनेर ठगेको भन्ने जस्ता उजुरी आएका छन् । यो समाचार आजको नागरिक दैनिकबाट लिइएको हो ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...