बारबर्दियामा २९ सयमा सिकलसेल एनिमिया पुष्टि – Janata Live
  • Sunday, February 5, 2023

बारबर्दियामा २९ सयमा सिकलसेल एनिमिया पुष्टि

  • जनता लाइभ
  • असार १५, २०७६

बारबर्दियामा २९ सयमा सिकलसेल एनिमिया पुष्टि

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा थारू समुदायका दुई हजार नौ सय व्यक्तिमा सिकलसेल एनिमियाको संक्रमण पुष्टि भएको छ ।

२५ हजारको नमुना संकलन गर्दा दुई हजार नौ सयमा सिकलसेल एनिमिया पुष्टि भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाले बताए । परिषद्ले एक वर्ष लगाएर गरेको अनुसन्धानमा यस्तो तथ्यांक आएको उनले बताए ।

नेपालमा थारू समुदायमा बढी देखिएको सिकलसेल एनिमिया रगतसम्बन्धी वंशाणुगत रोग हो । रगतको कोषिकामा हुने क्रोमोजोम र जिनमा खराबी आए यो रोग लाग्छ । सिकलसेल एनिमिया रगतको रातो रक्तकोषभित्र रहने र हेमोग्लोबिनलाई असर पार्ने वंशाणुुगत रोग हो । डा. झाका अनुसार आमाबाबु दुवैमा यो रोग भए सन्तानमा पनि सर्छ । पछिल्लो अनुसन्धानले पनि यसलाई पुष्टि गरेको छ ।

एक वर्षदेखि ३९ वर्ष उमेर समूहमा यसको परीक्षण गरिएको थियो । सबै नमुना वीर अस्पतालमा परीक्षण गरिएको हो । स्वास्थ्य मन्त्रालयको निर्देशनमा अनुसन्धान गरेको परिषद्ले एक हप्ताभित्र रिपोर्ट सार्वजनिक गर्ने तयारी गरेको छ ।

सिकलसेल एनिमियाका लक्षण
सहनै नसक्ने गरी शरीरका अंग दुख्नु, कलेजो ठूलो हुनु, रगतको कोषिका जहाँ छ त्यहीँ रोग लाग्नु, वाकवाक लाग्नु, जन्डिस हुनु, अत्यधिक ज्वरो र झाडापखाला हुनु, पक्षघात हुनु, मुटुको समस्या र रक्तअल्पता ।

निर्मूल हुँदैन, नियन्त्रण मात्रै सम्भव
थारूबाहेक समुदायमा पनि देखिन सक्छ

सिकलसेल एनिमिया वंशाणुगत रोग भएकाले उपचारका माध्यमबाट निर्मूल पार्न सकिँदैन । यो रोग नियन्त्रण गर्न मात्रै सकिने डा. ठाकुर नीलम ठाकुरले बताइन् । सरकारले यो रोगका बिरामीलाई एक लाखको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको छ । रोगको परीक्षण विभिन्न अस्पतालमा हुने गरे पनि उपचारमा सुविधाको व्यवस्था वीर अस्पतालमा मात्रै गरेको छ ।

हालसम्म थारू समुदायमा सिकलसेल एनिमिया देखिएको छ । तर, वीर अस्पतालकी वंशाणुगत रोगविशेषज्ञ डा. नीलम ठाकुरले थारूबाहेक समुदायका व्यक्तिमा पनि देखा पर्न सक्ने बताइन् ।

‘थारूले थारूसँग नै विवाह गर्छन् । यसकारण बाबुआमा नै संक्रमितबाट जन्मिने बच्चामा रोग देखिन्छ,’ उनले भनिन्, ‘उनीहरू स्वास्थ्यबारे ध्यान दिँदैनन् । बच्चाहरू बिरामी हुन्छन्, तर के रोग लागेको भन्नेबारे जानकारी राख्दैनन् । यसकारण मृत्युदर बढी हुन्छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...