चालकको लापर्बाहीले बालिकाको मृत्यु, ‘रोक्नु भन्दा-भन्दै ड्राइभरले हुइँकायो’ – Janata Live
  • Saturday, February 4, 2023

चालकको लापर्बाहीले बालिकाको मृत्यु, ‘रोक्नु भन्दा-भन्दै ड्राइभरले हुइँकायो’

  • जनता लाइभ
  • असार १४, २०७६

चालकको लापर्बाहीले बालिकाको मृत्यु, ‘रोक्नु भन्दा-भन्दै ड्राइभरले हुइँकायो’

ललितपुर । सुनसरीका दीपेन्द्र माझी र उनकी श्रीमती रसमायाका लागि ५ वर्षीय छोरी एलिसा एक्ली सन्तान हुन् । रसमायाको ६ महिनाअघि पाठेघरको अप्रेसन गराएपछि डाक्टरले दोस्रो सन्तान जन्मिने सम्भावना कम भनेपछि माझी दम्पतीको जीवनको सहारा नै छोरी थिइन् ।

तिनै छोरीको बिहीबार साढे चार बजे चापागाउँ रुटमा चल्ने बसले किचेर घटनास्थलमै मृत्यु हुँदा उनीहरूको जिउने आधार खोसिएको छ । घटना घटेको दिन रसमाया छोरीलाई विद्यालयबाट लिएर घर फर्कन चापागाउँ दोबाटोमा बस पर्खंदै थिइन् ।

लगनखेलबाट यात्रु खचाखच भरिएको बा १ ख ८५०१ नम्बरको बस रोक्यो । बसका सहचालक सुनिल घलान ओर्लेर यात्रु बोलाउन थाले । रसमायाले सुरुमा छोरीलाई चढाइन् । आफू चढ्न खोज्दा बस अगाडि हुइँकियो । चढ्न भ्याइनन् । अलि पर पुगेपछि छोरी बसबाट झरिन् ।

गाडीको पछाडिको चक्काले टाउको किच्यो । विभत्स दृष्य सहन नसकेर रसमाया घटनास्थलमै बेहोस भइन् । प्रत्यक्षदर्शी विमला गजमेरले हतपत पाटन अस्पतालमा पुर्‍याइन् । राति १० बजे उनको होस खुल्यो । अहिले पनि बेला बेलामा तर्सिन्छन् । कहिले झस्किन्छन्, कहिले टोलाउँछिन् । रुने कराउने गर्छिन् । अझै राम्रोसँग होसमा छैनन् ।

सुनाकोठी जैनखेलस्थित कोठामा भावविहृवल अवस्थामा भेटेकी रसमायाको सुरुवालमा अझै पनि रगत उस्तै छ । उनी भन्छिन्, ‘रोकेरको गाडीमा यात्रु चढ्दै गर्दा अचानक ड्राइभरले हुइँकायो । रोक्नुभन्दा भन्दै दौडायो । अनि दुर्घटना भयो ।’ उनका अनुसार चालकले चाहेको भए छोरीलाई बचाउन सक्थ्यो ।

‘शरीरमा गाडीले छोइसकेपछि रोकेको भए अङ्गभङ्गसम्म हुन्थ्यो । तर, नियतवश टाउकोमा किचेर मारे ।’ उनले छोरीलाई कुकुर बिरालो किचेको जस्तै गरेर मारेको बताइन् । बसका चालक लेलेका दीपक स्याङ्तान हुन् । बराह नगरपालिका–६ कोसीटापुकी रसमायाले छोरीलाई राम्रो शिक्षादीक्षा दिन ७ महिनाअघि ललितपुर महानगरपालिका–२६ सीमाकोचोकमा कोठा भाडामा लिएर खाजा पसल थापेकी थिइन् ।

दीपेन्द्रको गत कात्तिकमा मात्र आन्द्राको अप्रेसन गरिएको थियो । उनी घर बनाउने काममा मजदुरी गर्छन् । दुवै जना छोरीलाई नर्स बनाउने सोचमा थिए । अचानक दुर्घटना हुँदा दुवैको आश निराशामा परिणत भएको छ ।

दुई वर्षदेखि सुनाकोठीमा बस्दै आएका उनीहरूले छोरीलाई यस वर्ष सातदोबाटोस्थित माया चिल्ड्रेन इङलिस स्कुलमा भर्ना गरेका थिए । घटनापछि दीपेन्द्र पनि बोल्न सक्ने अवस्थामा छैन । बोल्न खोज्दा बोली लर्बराउँछ । आँशु बरर झर्छ । दीपेन्द्र भन्छन्, ‘चालक र सहचालकको गम्भीर लापर्बाहीको कारणले निर्दोष छोरीको ज्यान गयो । दुवैलाई कडा कार्बाही होस् ।’

अर्का प्रत्यक्षदर्शी सावित्री गुरुङ घटनास्थलमा पुग्दा बालिकालाई सलले छोपेर राखिएको थियो । उनी रसमायालाई सम्हाल्न खटिइन्  । त्यतिकैमा एक जना ट्राफिक जवानले बालिकालाई भ्यानमा राखेर अस्पतालतिर लगे । भीडले घेरिएको थियो । धेरैजसो भिडियो खिच्ने र फोटो लिनै व्यस्त थिए ।

ललितपुर ट्राफिक प्रहरी प्रमुख राजेन्द्र सिलवालले चालकको लापरबाहीले दुर्घटना भएको बताए । ‘जभाभावी बस रोक्ने, यात्रु चढाउने र ओराल्ने गर्नाले दुर्घटना भएको देखिन्छ,’ उनले भने, ‘दुर्घटना बढेर चापागाउँ चोकदेखि टुटेपानीसम्म एक साइड मात्र पार्किङको व्यवस्था गरेका थियौं ।’ ट्राफिक प्रहरीका अनुसार घटना पिक आवरमा भएको छ । यतिबेला चालक र सहचालकको बढी ध्यान मुनाफा कमाउनेतर्फ हुन्छ । अनि यात्रुलाई कोचेर लैजान खोज्दा पनि दुर्घटना हुने गरेको छ ।

घटनालाई लिएर प्रहरीले चालकविरुद्धमा सवारी ज्यान मुद्दामा ५ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले चालकलाई कानुनअनुसार कार्बाही हुने बताए । ‘घटनामा चालकको कमजोरी देखिन्छ,’ उनले भने । बस चापागाउँबासी श्रीगोपाल जोशीको नाममा छ ।

तर, जोशीले एक वर्ष अगाडि नै बिक्री गरिसकेको दाबी गरे । ‘नामसारी मात्र गर्न बाँकी थियो,’ उनले भने, ‘असार १० गते गर्ने योजनामा थियौं ।’ चालक स्याङ्तानले चलाएको बसले किचेर मृत्यु भएको यो पहिलो घटना होइन, ३ वर्षअघि चापागाउँमा प्युटारका एक जनालाई पनि ठक्कर दिँदा मृत्यु भएको थियो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को परिच्छेद १० को दफा १६१ मा ज्यान मारेमा हुने सजायसम्बन्धी व्यवस्था छ । यसको उपदफा १ मा कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराइएका व्यक्ति तत्कालै वा २१ दिनभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको ठर्हछ । त्यसरी सवारी चलाउने व्यक्तिलाई जन्म कैद हुनेछ । कसैले ज्यान मार्ने मनसाय लिई त्यस्तो कार्य गरेकोमा भने चालकलाई ५ देखि १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।

उपदफा (२) मा कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिँदादेखिँदै पनि अपनाउनुपर्ने सतर्कता नअपनाई सवारी चलाएबाट किची, ठक्कर दिई मानिसको दुर्घटनाको कारणबाट तत्कालै वा २१ दिनभित्र मरेमा चालकलाई ३ देखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने छ ।

उपदफा ३ मा कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा दुर्घटनामा गरी मृत्यु हुन गएमा चालकलाई एक वर्षसम्म कैद वा २ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...