जब जहाजमा बम भेटियो ! – Janata Live
  • Wednesday, February 8, 2023

जब जहाजमा बम भेटियो !

  • जनता लाइभ
  • असार १४, २०७६

जब जहाजमा बम भेटियो !

काठमाडौं । शुक्रबार दिउँसो ३ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (एलोन विमानस्थल) को कन्ट्रोल रुममा ‘इएक्सई १२४’ विमानमा बम राखेको खबर प्राप्त हुन्छ। ३ बजेर २० मिनेट जाँदा इएक्सई १२४ धावनमार्गबाट घिसारेर नवनिर्मित रिमोर्ट पार्किङ एरियामा ल्याइन्छ ।

जहाजमा बम भएको खबर भाइरल हुन नपाउँदै सुरक्षा निकाय, कर्मचारी र पत्रकारको हुल बाक्लिकेको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणकी उपप्रबन्धक सुनिता भारद्वाजले माइकिङ गर्दै भनिन्, ‘इएक्सइ १२४ विमानमा बम राखिएको खबर प्राप्त भएको छ। वारुण नियन्त्रण, नेपाली सेना, नेपाल प्रहरी, एम्वुलेन्स र बम डिस्पोजल टोली आउँदैछ। तपाईहरु पनि सहयोग गर्नुहोस्।’

जहाजपछि एभिएसन रेस्क्यु एन्ड फायर सर्भिसको दुई वटा गाडी, एम्बुलेन्स र सेनाको गाडी पनि पछिपछि थिए। विमानलाई पार्किङ क्षेत्रमा पुर्‍याउने वित्तिकै प्रहरीको टोलीले सुरक्षित घेरा बनाउँछ।

उपस्थित प्रत्यक्षदर्शीलाई सुरक्षित धेरा बाहिर जान प्रहरीले निर्देशन दिन्छ। यात्रुलाई बाहिर निकाल्न भर्‍याङ बोकेको गाडी विमानमा जोडिन्छ। यात्रु सम्भावित घटना हुन सक्ने आंकलन गरी तछाड मछाड गरी भागदौडमा व्यस्त छन्। यात्रुलाई मेडिकल परीक्षण गर्ने स्थानमा पुग्न भारद्वाज सूचना जारी गर्छिन्।

विमानमा एक सय ७ जना सवार छन् । विमान चालक दलका सदस्य ११ छन्। विदेशी ७७ र ३० जना नेपाली छन्। ७० प्रतिशत यात्रु सकुशल बाहिर निस्केको एक क्षण नबित्दै ठूलो आवाजसहित विमानमा विष्फोट हुन्छ। जहाज वरिपरी कालो धुँवाको मुस्लो नै मुस्लो देखापर्छ। त्यो बेला उपस्थित व्यक्तिमा झन ठूला भागदौड मच्चिन्छ।

पार्किङमा खडा गरिएका दमकलले धुँवा निस्किएको स्थानमा पानीको फोहोराले हान्छ। रेसक्यु टिम विमानभित्र पसेर यात्रुलाई उद्दारमा खट्टिको देखिन्छ। यात्रुलाई सुरक्षित रुपमा विमानबाट बाहिर निकालेपछि विमानमा थप बम हुन सक्ने आशंकामा कुकुरबाट प्लेनको निरिक्षण गरिन्छ।

निकालिएका यात्रुमध्ये गम्भीर घाइते भएकालाई एम्बुलेन्स र हेलिकप्टरको सहयोगमा विभिन्न अस्पतालमा लैजाने व्यवस्था गरिएको थियो। करिब ४० मिनेटको अवधिमा सम्पूर्ण यात्रुलाई उद्दार गर्न रेस्क्यु टिम सफल भएको थियो।

माथिका दृश्य हेर्दा साँच्चिकै लाग्ने भएपनि यर्थाथमा जहाज र यात्रुलाई कसरी उद्दार गर्ने विषयमा अभ्यास गरिएको थियो।, यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...