उखुको जुस पिउँदा ध्यान दिनुपर्ने कुरा – Janata Live
  • Friday, February 3, 2023

उखुको जुस पिउँदा ध्यान दिनुपर्ने कुरा

  • जनता लाइभ
  • असार १३, २०७६

उखुको जुस पिउँदा ध्यान दिनुपर्ने कुरा

गर्मीका बेला हामी प्रायजसो उखुको रस पिउँछौं । यसले आँतलाई शितल बनाउँछ। यसका कयौं फाइदा छन् । जण्डिसको समस्यामा यसको फाइदा निकै हुन्छ ।

गर्भवती महिलाका लागि यो उत्कृष्ट पेय हो। यति मात्रै नभई यो डिहाइड्रेसनबाट बचाउन रामबाणसिद्ध हुन्छ। एनिमिया, क्यान्सरलगायतका रोगमा पनि उखुको रस लाभदायी हुन्छ । तर यसको अर्थ उखुको रस हरसमय फाइदाजनक हुन्छ भन्ने होइन । उखुको रस कहाँ पाइन्छ भन्ने कुराबाट पनि लाभ र हानी तय हुन्छ।

-फोहोर पसल : तपाईं उखुको रसको सौखिन हुनुहुन्छ भने पाएसम्म पिउनुहुन्छ । तर फलफुल पसल र रस पेल्ने मेसिन कत्तिको सफा छ भन्नेमा पनि ध्यान दिनुपर्छ । पसलमा झिंगा भन्किइरहेको हुन सक्छ । त्यस्तो स्थानमा सकेसम्म जुस पिउनुहुन्न ।

-खराब उखु : सम्भव छ भने पेलेको उखु कत्तिको स्वस्थ छ भन्नेमा ध्यान दिनुपर्छ । सडेको उखुले स्वास्थ्यमा फाइदाको साटो हानी गर्न सक्छ । यस्तो उखुले पेटको समस्या पनि पैदा गर्न सक्छ । किरा लागेको उखुको जुस परेको छ भने बान्ताजस्ता समस्या निम्तन पनि सक्छन् ।

– फ्रिज गरेको जुस : उखुको रस ताजा पिउने हो भनेमात्र फाइदा हुन्छ । यदि फ्रिजमा राखेको जुस छ भने हानी हुन्छ । बासी जुसमा झिंगा पनि बसेको हुन सक्छ । किरा लागेको हुनसक्छ । यसले पसलबाट उखुको जुस खानुछ भने तत्काल पेलेको ताजा जुसमात्र पिउनुस् ।

-अन्य रसको मिश्रण : उखुको रसमा अन्य जुस मिलाइएको छ छैन भनेर याद गर्नुपर्छ । उखुको रसमा कुनै फल या तरकारी मिसाइएको हुनुहुन्न । कयौं पसलमा जुसका साथ पानी पनि मिसाइएको हुन्छ । यद्यपि पानी मिसाउनु त्यति हानिकारक होइन । तर स्वादमा भिन्नता आउछ ।

-अधिकतम २ गिलासको जुस : उखुको रस स्वादिलो हुन्छ । पिउने हो भने जति पनि पिउन सकिन्छ । झट्ट हेर्दा यसबाट कुनै नोक्सानी हुदैंन । तर धेरै पिउनु गलत हो । विशेषज्ञका अनुसार एक दिनमा दुई गिलासभन्दा बढी उखुको रस मिसाउनुहुन्न । यदि जण्डिस छ भने मात्रा बढाउन सकिन्छ । धेरै उखुको रसले नोक्सानी पु-याउन सक्छ ।

-संक्रमण हुने खतरा : सडकमा राखिएको मेसिनमा पेलेको रस पिउँदा संक्रमण हुने खतरा हुन्छ। किनभने त्यो फोहोर हुन्छ र धुलोमाटोयुक्त हुन्छ । यस्तो जुस पिउँदा पेटमा समस्या पनि हुन सक्छ।

-मेसिनको तेल : उखुको रस पेल्ने मेसिन चलाउन प्रायजसो विशेष किसिमको तेल प्रयोग हुन्छ। यदि यस्तो तेल पेटमा गयो भने त्यसको नराम्रो असर पर्न सक्छ । मेसिनमा तेल प्रयोग कम गरिएको स्थानमा बनाइएको रसमात्र पिउने गर्नुपर्छ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...