प्रदेशमा पनि केन्द्रकै प्रहरी प्रमुख ? – Janata Live
  • Saturday, February 4, 2023

प्रदेशमा पनि केन्द्रकै प्रहरी प्रमुख ?

  • जनता लाइभ
  • असार १३, २०७६

प्रदेशमा पनि केन्द्रकै प्रहरी प्रमुख ?

काठमाडौं । प्रदेशको प्रहरी प्रमुख र प्रत्येक जिल्लाको प्रहरी प्रमुख को रहने भन्ने विषयमा संसदीय समितिमा सांसद तथा सरकारको मत बाझिएको छ ।

प्रदेशको प्रहरी प्रमुखसमेत केन्द्रकै मातहतमा रहने गरी सरकारले ल्याएको विधेयकमा सांसदहरूले असहमति जनाएका छन् । तर, सरकार पक्ष सांसद भने प्रदेश तथा जिल्लाको प्रहरी प्रमुख नेपाल प्रहरीबाटै हुनुपर्ने अडानमा देखिएका छन्।

२९ चैतमा दर्ता भएको ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हाल राज्यव्यवस्था तथा सुशासन समितिमा दफाबार छलफलको क्रममा छ । अपराध अनुसन्धान गर्ने प्रयोजनका लागि प्रदेशमा पनि नेपाल प्रहरीको प्रमुख रहने गरी सरकारले विधेयक ल्याएको हो ।

तर, समितिले भने सो व्यवस्था ठाडै अस्वीकार गर्दै पुनर्लेखन गरेर नयाँ प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । ‘माननीय सदस्यहरूले प्रदेश प्रहरी नेपाल प्रहरीकै नेतृत्वमा सञ्चालन हुने विधेयकको प्रस्तावमा असहमति जनाउनुभएको छ । दफा ३ को उपदफा ५ पुनर्लेखन गर्न आग्रह गर्दछु,’ समिति सभापति शशी श्रेष्ठले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...