‘सेटिङ’ रोकिएपछि लाइसेन्सको ट्रायलमा नक्कली परीक्षार्थी

काठमाडौं । लिखित परीक्षा र ट्रायल नै नलिई सवारीचालक अनुमतिपत्र (लाइसेन्स) दिलाउने चलखेलमा कडाइ गरेपछि नक्कली परीक्षार्थी प्रयोग हुन थालेको छ ।
मोटो रकम लिएर लाइसेन्स बनाइदिने समूहले अहिले ट्रायलमा नक्कली परीक्षार्थी पठाएर चलखेल गर्न थालेका हुन् । गिरोहले एउटाको ट्रायलमा अर्कोलाई पठाएर चलखेल गर्न थालेको प्रहरीले जनाएको छ ।
यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले मात्र पछिल्लो तीन महिनामा पाँचजना नक्कली परीक्षार्थीलाई ट्रायलकै क्रममा पक्राउ गरेको छ । कार्यालयकी प्रमुख कमला थापा खत्रीले आर्थिक चलखेलकै आधारमा ट्रायलमा नक्कली परीक्षार्थी खटाउने गरेको भेटिएको बताइन् । अन्य यायायात कार्यालयले पनि नक्कली परीक्षार्थी पक्राउ गर्दै आएका छन् ।
ट्रायलका क्रममा अनिवार्य रूपमा नागरिकता लैजानुपर्छ । तर, नागरिकताको फोटो पुरानो हुने भएकाले ट्रायलमा जानेको हो–होइन छुट्याउन गाह्रो हुने र यसैको फाइदा उठाएर एउटाको नाममा अर्कोले ट्रायल दिने गरेको यातायातका कर्मचारी बताउँछन् । अरूको नाममा परीक्षा दिने तथा दिन लगाउने दुवै पक्षलाई कारबाही गरिएको थापाले बताइन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।
बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत
बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...
आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...