नाकामा तरकारी सड्यो बजारमा भाउ बढ्यो – Janata Live
  • Wednesday, February 8, 2023

नाकामा तरकारी सड्यो बजारमा भाउ बढ्यो

  • जनता लाइभ
  • असार १३, २०७६

नाकामा तरकारी सड्यो बजारमा भाउ बढ्यो

काठमाडौं । तरकारी र फलफूलको नमुना सुनौलीबाट बोकेर काठमाडौं ल्याइन्छ, प्रयोगशालामा परीक्षण गरिन्छ र रिपोर्ट फेरि नाकामा पुर्‍याइन्छ ।

कम्तीमा तीन दिनसम्म तराईको ४२ डिग्री तापक्रममा ट्रकमा खाँदिएका तरकारी र फलफूलको हालत के हुन्छ रु नाकामा प्रयोगशाला खोइरु

विषादी परीक्षण नगरेको तरकारी र फलफूल आयातमा रोक, तर नाकामा न प्रयोगशाला छन् न कर्मचारी ।

विषादी परीक्षण नगरेका तरकारी र फलफूल आयातमा सरकारले रोक लगाएको छ । तर, नाकामा न प्रयोगशाला छन् न कर्मचारी । पछिल्लो एक सातामा तरकारी र फलफूल बोकेका १०३ ट्रक विभिन्न नाकामा रोकिएका छन् ।

तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार सुनौली–भैरहवा नाकामा ५८, काँकडभिट्टामा १९, वीरगन्जमा १४, कैलाली र विराटनगरमा ६–६ ट्रक रोकिएका छन् । ‘विषादी परीक्षणका लागि भनेर भन्सार पास गरेका तरकारी र फलफूलका ट्रक रोकिएका छन्,’ उनले भने, ‘सरकारले पूर्वतयारीविनै विषादी परीक्षण गरेर मात्र तरकारी आयात गर्ने निर्णय गर्दा अहिले व्यवसायी मर्कामा परेका छन् । अहिलेको प्रचण्ड गर्मीमा ट्रकभित्र तीन–चार दिनसम्म खाँदिएको तरकारी र फलफूल आधी त कुहिएरै नास हुन्छ ।’

नाकामा रहेका तरकारीका केही कन्टेर भारततिरै फर्किएको उनले बताए । उनले भैरहवा, वीरगन्ज र काँकडभिट्टा नाकाबाट भित्रिन लागेका कन्टेनर फर्काएर करिब चार सय टन तरकारी भारतमै बिक्री गरेको बताए । व्यवसायीका अनुसार हाल भारतबाट आलु, प्याज, कागती, ठूलो गोलभेँडा, तितेकरेला, भेँडेखुर्सानी, काँक्रो, परबललगायत तरकारी आयात भएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...

इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप

काठमाडौं– इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने समय थप भएको छ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा...

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकोको छ । जस अनुसार आज अमेरिकी एक...

इष्टर्न हाइड्रोपावरको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

इष्टर्न हाइड्रोपावर लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन गरेपश्चात...

घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले...

कतिमा हुँदैछ आज सुन–चाँदीको कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको...