‘बोक्सी भगाउने’ भन्दै युवतीमाथि चरम यातना, प्रहरी प्रशासन मौन ! – Janata Live
  • Saturday, February 4, 2023

‘बोक्सी भगाउने’ भन्दै युवतीमाथि चरम यातना, प्रहरी प्रशासन मौन !

  • जनता लाइभ
  • असार १३, २०७६

‘बोक्सी भगाउने’ भन्दै युवतीमाथि चरम यातना, प्रहरी प्रशासन मौन !

काठमाडौं । सिंहदरबारभन्दा केही सय मिटर नजिक र नेपाली सेनाको मुख्यालयसँगै जोडिएको भद्रकाली मन्दिरमा एक युवतीमाथि बर्बर आक्रमण हुँदा पनि प्रशासन मौन छ। आफूलाई धर्तीमाताका रुपमा चिनाउने विष्णु कुँवरले सार्वजनिक स्थलमै एक युवतीमाथि बर्बरतापूर्ण यातना दिएकी छिन्।

बुटवलबाट काठमाडौं आएकी कुँवरले भद्रकाली मन्दिरमा दर्शन गर्न गएकी एक युवतीमाथि बोक्सी भगाउने नाममा कुटपिट गरेकी हुन् । उनले ‘तँ को होस्, छिटो निस्की’ भनेर युवतीको टाउकोमा हातले पिटेको भिडियो अहिले सामाजिक सञ्जालमा फैलिएको छ। कुँवरले ती युवतीमाथि जाइलाग्दै ‘निस्किन्छेस् कि निस्किन्नस्, तेरो मासु खाम्ला, मलाई चिन्’ लगायत शब्द प्रयोग गरेर गालीगलौज र हातपात गरेको उक्त भिडियोमा देख्न सकिन्छ ।

प्रत्यक्षदर्शी मन्दिरकी पुजारी रबिना देउलाका अनुसार ‘धर्तीमाता’ कुँवर असार ५ गते ठूलो संख्यामा भक्तजन र अन्य माता लिएर भद्रकाली मन्दिरको दर्शन गर्न आएकी थिइन् । ११ बजेतिर मन्दिरमा प्रवेश गरेकी उनले डेढ घण्टा त्यहीं बिताएकी थिइन्।

मानिसको भिडले घेरेकाले उनलाई प्रहरीले सुरक्षासमेत दिएको थियो । कुँवरले आफू बुटवलबाट काठमाडौंका मठमन्दिर दर्शन गर्न आएको र बीस/बाईस दिन यतै रहने बताएको पुजारी देउलाको भनाइ छ। उनले आफूले पनि माताले एक महिलाको टाउकोमा हातले हिर्काएको भन्ने सुनेको तर के कारणले हो भन्ने जानकारी नभएको बताइन्।

भिडियोमा कुँवरको पिटाइको पीडाले ती युवती ‘आइया, आइया, आमा, आमा’ भनेर चिच्चाएको सुनिन्छ । ‘निस्की निस्की, यस्तो गरिस्’ भन्दै चरम यातना दिइरहेको देखिन्छ। ‘कहाँ जाने, छोपिसकेछु मैले, कहाँ जाने हो मैले, चिन् । तेरो मासु खाम्ला, तँ को होरु मैले देखेसी एकएक चिन्छु, बुझिस्’, कुँवरले उनलाई शारीरिक यातना दिँदै यसो भनेको भिडियोमा सुनिन्छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...