शुक्रबार ‘इपिएस’को नतिजा सार्वजनिक हुने – Janata Live
  • Sunday, February 5, 2023

शुक्रबार ‘इपिएस’को नतिजा सार्वजनिक हुने

  • जनता लाइभ
  • असार १२, २०७६

शुक्रबार ‘इपिएस’को नतिजा सार्वजनिक हुने

काठमाडौं । कोरियाली भाषा परीक्षाको नतिजा भोली शुक्रबार सार्वजनिक हुने रोजगार अनुमति प्रणाली इपिएस शाखाले जानकारी दिएको छ ।

गत जेठ २५ र २६ गते सम्पन्न भएको कोरियाली भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएका थिए । आवेदन दिने मध्ये ८४ हजार २ सय १५ जनाले मात्र भाषा परीक्षा दिएका छन् । यसमध्ये ८ हजार १ सय ४१ जना अनुपस्थित भए भने अमर्यादित काम गर्ने १ सय ५६ जनाको परीक्षा रद्द गरिएको थियो ।

दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ ।

कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजाने इपिएस कोरिया शाखाले जनाएको छ । यसवर्षको परीक्षामा १० हजार परीक्षार्थी पास हुने अनुमान शाखाले गरेको छ ।

भाषा परीक्षाको नतिजा www.epsnepal.gov.np र वदेशिक रोजगार विभागको वेभसाइट www.dofe.gov.np मार्फत पनि हेर्न सकिनेछ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...