बौद्ध धर्ममा थांकाको महत्व – Janata Live
  • Sunday, February 5, 2023

बौद्ध धर्ममा थांकाको महत्व

  • जनता लाइभ
  • असार १२, २०७६

बौद्ध धर्ममा थांकाको महत्व

नेपाली हस्तकलाको विविध विधा मध्ये थान्का (पौभा) चित्र लेखन पनि एक मौलिक कला हो । यो चित्र लेखन कार्य सूती कपडामा गरिन्छ । सूती कपडालाई काठको फ्रेममा कसी सपेता र सरेस मिलाएर पोतिन्छ । सपेता र सरेस सुकेपछि चिल्लो काठको फलेकमा राखेर पानीले भिजाई ढुङ्गाले घोटिन्छ । यो क्रम धेरै पटक दोहोर्याए पछि मिहिन चिल्लो भई लेख्न योग्य हुन्छ । थाङ्कामा विशेष गरेर बुद्धका चित्रहरू बढी मात्रामा कोरिएको पाइन्छ । यो थाङ्का लेखन कला नेपाल बाहेक विशेष गरी चीन, जापान, कोरिया मंगोलिया आदि देशहरूमा रहेको छ । यो एक प्रकारको चित्र लेखन भए तापनि सामान्य चित्र लेखन भन्दा फरक रहेको छ ।

थाङ्का बौद्ध दर्शनका आधारित एउटा विशिष्ट कला हो । जतिखेर बुद्ध धर्मको प्रचार हुँदै थियो, त्यसबेला पढेलेखेका मानिस कम थिए । चित्रबाट सजिलै धर्मशास्त्रको ज्ञान दिलाउन पाँचौं शताब्दीमा यो चित्रकलाको विकास भएको हो भन्ने धारणा रहि आएको छ । त्यसबेलाको नालन्दा विश्वविद्यालय (हाल भारतको पटना)मा यो विषयको अध्यापन हुन्थ्यो ।

तिब्बत, नेपाल तथा भारतका बौद्ध गुरूहरू यसको शिक्षा लिन त्यहाँ जान्थे । पछि तिब्बतको राजनीतिक परिवर्तनपछि त्यहाँका खाइबाहरू पलायन भए । उनीहरूको उद्देश्य फेरियो । उमेरका कारण उनीहरू चित्र कोर्न नसक्ने भए । उनीहरूका चेला–चेलीले त्यो दर्शन पूर्ण रूपमा टिप्न सकेनन् ।

आधुनिक शिक्षाका कारण भारतमा पनि यो कलाको अध्यापन रोकियो । तर नेपालका गुम्बामा भने यो शिक्षा फैलिँदै गयो । त्यसैले विश्वमा जति पनि थाङ्का बिक्री–वितरण हुन्छन्, तीमध्ये ९५ प्रतिशत थाङ्का नेपाली हुन्छन् ।

नेपालको राजकुमारी भृकुटीको तिव्वती राजा स्रङचन गम्पोसँग विवाह भए पछि यो कला तिव्वतमा प्रवेश पाएको विश्वास गरिन्छ । विकिपेडियाबाट

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...