कुन मौसममा के खानेकुरा खाने ? – Janata Live
  • Friday, February 3, 2023

कुन मौसममा के खानेकुरा खाने ?

  • जनता लाइभ
  • असार १२, २०७६

कुन मौसममा के खानेकुरा खाने ?

मौसम बदलिँदै जाँदा आहारमा ध्यान दिन जरूरी हुन्छ अनि मात्र तपाईं स्वस्थ र तन्दुरुस्त रहन सक्नुहुन्छ। हरेक मौसमको आफ्नै स्वभाव हुन्छ र त्यसैअनुसार खानपिन पनि मिलाउनुपर्छ ।

शिशिर ऋतु (पुसदेखि माघ)

यो मौसममा घिउ, सिधे नून, मुँगको दालको खिचडी, अदुवा र तातो कुरा खानुपर्छ । तारेको वा भुटेको, चिसो वा बासी भोजन र बेमौसमी खाना नखानुस् ।

वसन्त ऋतु (फागुनदेखि चैत)

यतिखेर गर्मी हुन्छ । जौ, चना, गहुँको रोटी, चामल, मसँग, रहर, मूला, परवर, करेला, काँक्रो, जीरा, अमला आदि खानुस् । अमिलो कुरा नखानुस् ।

ग्रीष्म ऋतु (वैशाखदेखि जेठ)

यो मौसममा पुरानो गहुँ, जौ, सातु, खीर, दूध, चिसो पदार्थ, काँचो आँप, करेला, परवर र खरबुजा खानुस् । तेल हालेको, मसला धेर भएको, नूनिलो र तातो कुरा नखानुस् ।

वर्षा ऋतु (असारदेखि भदौ)

यो ऋतुमा पुरानो चामल, पुरानो गहुँ, खिचडी र हलुका पदार्थ सेवन गर्नुपर्छ । बर्खामा पाचनशक्ति कमजोर हुन्छ, त्यसैले कम भोजन गरेको राम्रो हुन्छ ।

शरद ऋतु (असोज र कार्तिक)

यो ऋतुमा चाहिँ पाचनशक्ति प्रबल हुन्छ र खाना पनि मज्जाले पच्छ । तातो दूध, घिउ, सक्खर, मिश्री, खीर, अमला, कागती, नरिवल, काउली खानुस् । तागत बढाउने काजु किसमिस खानुहोला ।

हेमन्त ऋतु (मंसिर)

स्वास्थ्य बनाउनका लागि यो ऋतु सर्वोत्तम मानिएको छ । पौष्टिक र भिटामिन भरपूर भएको खाद्यपदार्थ खानुस् । दूध, खुवा, नयाँ चामल, अनार, तिल लगायतका कुरा खानुस् । चिसो कुरा पटक्कै नखानुस् ।-एजेन्सी

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...