दलाईका प्रतिनिधि भन्दै अमेरिकी नागरिक फिर्ता पठाइए, असली प्रतिनिधि भने अर्कै – Janata Live
  • Saturday, February 4, 2023

दलाईका प्रतिनिधि भन्दै अमेरिकी नागरिक फिर्ता पठाइए, असली प्रतिनिधि भने अर्कै

  • जनता लाइभ
  • असार १२, २०७६

दलाईका प्रतिनिधि भन्दै अमेरिकी नागरिक फिर्ता पठाइए, असली प्रतिनिधि भने अर्कै

काठमाडौं । अध्यागमनले दलाई लामाका प्रतिनिधि भन्दै तिब्बतीमूलका एक जना अमेरिकी नागरिकलाई फिर्ता पठाएको छ। भारतको नयाँदिल्ली हुँदै आइतबार काठमाडौं आएका पेन्पा पेम्बा छिरिङ ‘इन्ट्री रिफ्युज’ गरे पनि उनी त्यही नामको अर्कै व्यक्ति भएको बुझिएको छ।

‘दलाई लामाका प्रतिनिधि रहेको र चीनको खोजी सूचीमा रहेको’ सूचना पाएपछि अध्यागमन अधिकारीले उनलाई विमानस्थलभित्रै रोकेका थिए । स्रोतका अनुसार उनी आएको सूचना अध्यागमन अधिकारीले अध्यागमन विभागका महानिर्देशक हुँदै गृहमन्त्रीकहाँ पुर्‍याएका थिए।

उनलाई प्रवेश अनुमति दिँदा चिनियाँ पक्षले आपत्ति जनाउने निष्कर्षपछि गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र अध्यागमन विभागका महानिर्देशक ईश्वर पौडेलले छलफल गरेर पेन्पालाई अध्यागमनबाटै फिर्ता गरेका थिए। तर, फर्काइएका व्यक्ति दलाईका प्रतिनिधि नभएको र त्यही नामका असली प्रतिनिधि भने भारतको धर्मशालामा रहेको स्रोतले दाबी गरेको छ।

उच्च स्रोतका अनुसार पेन्पा नेपाल आएको थाहा पाएलगत्तै चिनियाँ पक्षले उनलाई पक्रेर बुझाउनुपर्ने आशयको ‘सन्देश’ गृहमा पठाएको थियो ।

अमेरिकी राहदानीबाहक पेन्पालाई पक्राउ गर्दा अमेरिकाले आपत्ति जनाउने र यो कूटनीतिक विवादको विषय बन्ने भएपछि गृह मन्त्रालयले उनलाई फर्काउने नीति अख्तियार गरेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...