हेलिकोप्टरको बिल अब सरकारले होइन, पार्टीले तिर्ने – Janata Live
  • Saturday, February 4, 2023

हेलिकोप्टरको बिल अब सरकारले होइन, पार्टीले तिर्ने

  • जनता लाइभ
  • असार १२, २०७६

हेलिकोप्टरको बिल अब सरकारले होइन, पार्टीले तिर्ने

काठमाडौं । पार्टीको कार्यक्रममा सहभागी हुन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रयोग गरेको सेनाको हेलिकोप्टरको भाडा नेकपा हुम्लाले व्यहोर्ने जनाएको छ ।

नेकपा हुम्ला अध्यक्ष लालकेस जैसीले बुधबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीसहित नेताहरू चढेको हेलिकोप्टरको भाडा दुई लाख ५० हजार उठेको र सो खर्च पार्टीले व्यहोर्ने जनाएका हुन् । तर, हेलिकोप्टरको भाडा सरकारले पहिल्यै सेनालाई बुझाइसकेकाले पार्टीले कसलाई तिर्ने भन्ने विज्ञप्तिमा प्रस्ट छैन ।

‘पार्टी कार्यक्रममा हेलिकोप्टर प्रयोग भएको भन्ने समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘इतिहासकालदेखि देश र जनताको हित र अधिकारका लागि समर्पित हाम्रो पार्टीले कुनै पनि राज्यकोषबाट खर्च नहुने गरी उक्त हेलिकोप्टरबापत लाग्ने रकम दुई लाख ५० हजार व्यहोर्ने जानकारी आमनागरिकलाई गराउन चाहन्छौँ ।’

सुर्खेतमा आपत्कालीन उद्धारका लागि प्रयोग गर्न राखिएको सेनाको हेलिकोप्टर सरकारी पैसाले भाडामा लिएर मुख्यमन्त्री शाही नेकपा हुम्लाको बैठकमा आएको र दुई दिनसम्म होल्ड गरेको समाचार ९ जेठमा नयाँ पत्रिकाले प्रकाशित गरेको थियो ।

७ जेठमा मुख्यमन्त्री शाही, सामाजिक विकासमन्त्री दल रावल, कर्णाली प्रदेश कमिटी अध्यक्ष गोरख बोगटीसहितका नेता सिमकोट पुगेका थिए । सेनालाई अग्रिम तीन लाख बुझाएर उनीहरूले हेलिकोप्टर भाडामा लिएका थिए । समाचार आएपछि जिल्ला पार्टीले बाध्य भएर खर्च व्यहोर्ने जनाएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...