६ मन्त्री हेरफेर गर्दै ओली प्रचण्ड, यी नेता बोलाइए बालुवाटार – Janata Live
  • Saturday, February 4, 2023

६ मन्त्री हेरफेर गर्दै ओली प्रचण्ड, यी नेता बोलाइए बालुवाटार

  • जनता लाइभ
  • असार १२, २०७६

६ मन्त्री हेरफेर गर्दै ओली प्रचण्ड, यी नेता बोलाइए बालुवाटार

काठमाडौं । सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तिमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो ।

सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुबै अध्यक्ष गृहकार्यमा जुटेका छन् । ओली प्रचण्डले बिहीबार पूर्वएमाले र पूर्वमाओवादीका आकांक्षी सांसदसँग छलफल गर्न लागेका छन् ।

प्रधामन्त्री ओलीले सांसद महेश बस्नेत, पार्वत गुरुङ र योगेश भट्टराईलाई छलफलका लागि बालुवाटार बोलाएका छन्। त्यस्तै अर्का अध्यक्ष दाहालले मन्त्री बन्न आकांक्षी सांसदहरु जनार्दन शर्मा, प्रभु शाह र देवेन्द्र पौडेलललाई आफ्नो निवास खुमलटार बोलाएका छन् ।

अध्यक्षद्वयले सांसदहरुसँग छलफल गरेपछि मन्त्रिमण्डलमा हेरफेर हुने उच्च श्रोतले बताएको छ । तर, कुन-कुन मन्त्रीलाई हटाउने भन्नेबारे केही खुलाइएको छैन। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...