नेपालमै सुरु भयो पेट्रोलियम अन्वेषण कार्य – Janata Live
  • Sunday, February 5, 2023

नेपालमै सुरु भयो पेट्रोलियम अन्वेषण कार्य

  • जनता लाइभ
  • असार १२, २०७६

नेपालमै सुरु भयो पेट्रोलियम अन्वेषण कार्य

काठमाडौँ । दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र निरन्तर बलिरहेको ग्यासले त्यस क्षेत्रमा प्रचूर मात्रामा पेट्रोलियम पदार्थ रहेको देखिएको छ । अब त्यस क्षेत्रमा खानी तथा भूगर्भ विभागको व्यापक अन्वेषणका लागि तीनवर्षे कार्यक्रम कार्यान्वयनमा आएपछि आयातीत इन्धन पेट्रोलियमका लागि वैकल्पिक आयाम खुल्ने सम्भावना बढेको छ ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटाले अहिलेसम्मको खोज, अन्वेषणले दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र विभिन्न ठाउँमा निरन्तर बलिरहेको ग्यासले त्यस क्षेत्रमा व्यापक कच्चा पेट्रोलियम रहेको हुनसक्ने बताउनुभयो ।

अहिले नेपालको पेट्रोलियम कार्यक्रम अन्वेषणको चरणमा रहेको बताउँदै उहाँले पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल र चीनबीच भएको सम्झौताअनुसार अहिले चिनियाँ टोली नेपालमा अन्वेषण कार्य गरिरहेको जानकारी दिनुभयो । अहिले तीनवर्षे पेट्रोलियम पदार्थ अन्वेषण कार्यक्रम सञ्चालनमा छ ।

डा। सापकोटाका अनुसार, अन्वेषण कार्यअन्तर्गत यो वर्ष पेट्रोलियम पाइने क्षेत्रको सम्भाव्यता अध्ययन र कार्य क्षेत्र निर्धारणको काम सम्पन्न गरिने छ । दोस्रो वर्ष त्यसलाई निरन्तरता दिई अझ गहन अध्ययन गरिने छ । त्यपछि तेस्रो वर्ष निर्धारण गरिएका क्षेत्रहरूमा ‘ड्रिलिङ’ काम सुरु गरिने जानकारी उहाँले दिनुभयो । जमिनबाट चार दशमलाव चार किलोमिटर जमिनमुनिसम्म ‘ड्रिलिङ’ गरिने खबर आजको गोरखापत्रमा छ ।

यसरी अन्वेषणबाट पेट्रोलियम पदार्थ देखिएको (डिस्कभरी) अवस्थामा त्यसको मात्रा र क्षेत्र पत्ता लगाउन तथा उत्खनन्का लागि अर्को सम्झौता गर्नुपर्ने महानिर्देशक सापकोटाले बताउनुभयो ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...

इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप

काठमाडौं– इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने समय थप भएको छ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा...

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकोको छ । जस अनुसार आज अमेरिकी एक...

इष्टर्न हाइड्रोपावरको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

इष्टर्न हाइड्रोपावर लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन गरेपश्चात...

घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले...

कतिमा हुँदैछ आज सुन–चाँदीको कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको...