बेलामा बुढानिलकण्ठको दर्शन गरि भेटी स्वरुप सेयर गर्दै आफ्नो राशिफल हेर्नुहोला । तपाईहरूको दिन शुभ रहोस् ।। #ॐ: – Janata Live
  • Friday, February 3, 2023

बेलामा बुढानिलकण्ठको दर्शन गरि भेटी स्वरुप सेयर गर्दै आफ्नो राशिफल हेर्नुहोला । तपाईहरूको दिन शुभ रहोस् ।। #ॐ:

  • जनता लाइभ
  • असार ११, २०७६

बेलामा बुढानिलकण्ठको दर्शन गरि भेटी स्वरुप सेयर गर्दै आफ्नो राशिफल हेर्नुहोला । तपाईहरूको दिन शुभ रहोस् ।। #ॐ:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आय आम्दानी बढ्ने तथा व्यवसायको उन्नति हुनपर्ने हो तर ग्रहको बाधा देखिएको छ । भगवान् श्रीहनुमानदेवको स्तुति अर्थकर हुनेछ । खर्च बढ्ने र अभीष्ट कार्यमा अलि बढी संघर्षको अनुभूति हुनेछ । तथापि आकस्मिक उपलब्धि पनि हुनेछ । काम सफल भएतापनि विपक्षीको विरोधको सामना गर्नुपर्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)अड्चनको बाबजुद पनि उद्यमक्षेत्रको उन्नति–प्रगति हुनेछ । उच्च सम्पर्कले मनोबल बढ्ने एवं हैसियत र जिम्मेवारी मिल्नेछ । अड्चनको निवारणको लागि हनुमानदेवको स्तुति उपयुक्त हुनेछ । केही संघर्ष बढ्ने गोचर देखिएको छ । खर्चका बहाना बढ्नेछन् तथापि अनपेक्षित तर्फबाट अप्रत्यासित लाभको पनि सम्भावना छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)सुरुमा केही अपयश, कान्तिमा मलीनता बढ्ने छ तथापि गुरु कृपा प्राप्त हुनेछ । महत्त्वपूर्ण कार्यबारे विचारविमर्श हुन सक्ने र व्यावसायिक क्षेत्रबाट अर्थोपार्जन गर्न सकिने छ । उच्चपदस्थ व्यक्तित्त्वसँग सम्पर्क हुन जानेछ । पदीय हैसियत बढ्ने छ । यहाँले भगवान् श्री गणेश र माँ बंगलामुखीको श्रद्धाभक्ति गर्नु उपयुक्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)यात्रा एवं व्यापार व्यवसायमा केहीहदसम्म सफलता मिल्नेछ । स्वास्थ्यमा मन्दता, कार्यमा व्यावधान पर्न सक्नेछ । सावधानीपूर्वक चल्नुपर्ला । सामान्य अवरोधको बाबजुद व्यावसायिक लाभ, धर्मको वृद्धि एवं प्रतिष्ठामा वृद्धि हुनेछ । जागिर एवं समाजसेवामा पदीय हैसियत बढ्न सक्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)सुरुमा शारीरिक क्षमतामा वृद्धि, विपक्षीउपर विजय भइने छ । केही दोषको बाबजुद दाम्पत्य तथा प्रेमसम्बन्धमा सुधार आउने छ । व्यापारिक यात्रा सफल हुनेछ । स्वास्थ्यमा मन्दता आउने छ । तथापि केही अनपेक्षित काम बन्न सक्नेछ । दीर्घरोगीले भने ख्याल पु¥याउनु पर्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)आफ्नोभन्दा परकार्यलाई बढी समय खर्चिनुपर्ला । अड्चनको बाबजुद आरोग्यलाभ हुने र कान्तिवृद्धि हुनेछ । शारीरिक जोशजाँगर बढेर आउने छ । दाम्पत्य एवं प्रेम सम्बन्धमा सफलता मिल्नेछ । देशविदेशको यात्राको सम्भावना पनि देखिएको छ । स्वास्थ्यमा मन्दी आउन सक्नेछ । बढी संघर्षले थोरै लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)उन्माद्को बाबजुद अध्ययनमा अग्रगति लिन सकिएला । संयमित एवं व्यावहारिकतालाई जोड दिनसके राम्रो हुनेछ । क्रमशः आँट एवं साहस र शारीरिक क्षमता बढ्नेछ । आकस्मिक यात्राको पनि सम्भावना छ । केही अड्चनको बाबजुद प्रेम एवं दाम्पत्य जीवनमा समझदारी र पेसाबाट लाभ हुन सक्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)शारीरिक क्षमता वृद्धि हुने र थाति रहेका काम पूरा गर्न सकिने छ । कामकार्यमा विघ्नबाधा, वादविवाद एवं पारिवारिक समस्या बढ्न सक्नेछ । संघर्षको बाबजुद केही काम बनाउन सकिने छ । अध्ययन, प्रतिस्पर्धा एवं शत्रु मुकाबिलामा सफलता मिल्नेछ । काममा रुचि र प्रतिष्ठामा वृद्धि हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)धनधातु एवं खजाना संग्रह हुनेछ । साहस बढ्ने र पुरुषार्थ गर्ने आँट आउने छ । उद्यमव्यवसाय एवं पेसागत कामकार्यमा लाभ हात पार्न सकिने छ । केही अदृष्य अड्चन भए पनि खेलकुद आदिमा सफलता मिल्नेछ । बोलीव्यवहारमा सजग हुन जरुरी पर्नेछ । विद्याबुद्धि र आत्मप्रशंसाको चाहना बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)मान एवं भौतिक सुख मिल्नेछ । प्रसन्नता छाउने छ । नाता कुटुम्बिक सम्बन्धमा सुधार आउने छ । जनसेवा तथा परोपकारादि कार्यमा सरिक हुन पाइने छ । विशेष काममा आउने अवरोध निवारणको लागि गुरुजनको सल्लाह लिनु उपयुक्त हुनेछ । सावधानीपूर्वक व्यवहार गरे संघर्षको बाबजुद लाभ मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)खर्च एवं संघर्षप्रद रहनेछ भने कैफियत नियतले मनमा डेरा जमाउन सक्नेछ । मानसम्मान प्राप्त हुनेछ । उद्यमव्यवसायमा लगानीको अफर आउन सक्नेछ । मानसिक एवं शारीरिक उमंग बढ्ने छ । व्यावहारिक कर्माभ्यासले सुख समृद्धि एवं शान्ति र पेसा तथा व्यवसायबाट आर्थिक लाभ हुनेछ । साहस एवं पौरख वृद्धि हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)आम्दानी बढ्ने, कामकार्यमा सफलता मिल्नेछ । खर्च थपिन सक्ने र काममा पनि अलि दिक्कत हुन सक्नेछ । जागिर एवं व्यवसायको अवसर प्राप्त हुन सक्नेछ । बोलीवचनले मान्छेको मन जित्न सकिने छ भने कोषमा धनदौलत संग्रह हुनेछ । कडा मिहिनेत गरेमा काममा सफलता हासिल गर्न सकिनेछ ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...