रामेछाप सदरमुकाममा विप्लव कार्यकर्ताद्वारा विष्फोट – Janata Live
  • Saturday, February 4, 2023

रामेछाप सदरमुकाममा विप्लव कार्यकर्ताद्वारा विष्फोट

  • जनता लाइभ
  • असार १०, २०७६

रामेछाप सदरमुकाममा विप्लव कार्यकर्ताद्वारा विष्फोट

मन्थली। रामेछापको सदरमुकाम मन्थली नजिकै ग्यास सिलिण्डर पड्किएको छ ।

नेत्रविक्रम चन्द समूहले आह्वान गरेको पूर्व सन्ध्यामा कार्यकर्ताले राति २ बजेतिर मन्थली बसपार्क भन्दा केही माथिको पाखामा उक्त विष्फोट गराएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार टायरमाथि ग्यास सिलिण्डर राखेर आगो लगाएर विष्फोट गराएका थिए । घटनास्थल बसोवास क्षेत्र भन्दा केही टाढा पाखामा भएकाले कुनै क्षति नभएको भट्टराईले बताए । घटना पछि सुरक्षा सतर्कता बढाइएको छ ।

चन्द समूहले मंगलबार आव्हान गरेको बन्दको प्रभाव बिहानै देखि जिल्ला सदरमुकाम लगायत ग्रामीण क्षेत्रमा परेको छ । यातयातका साधन आंशिक मात्र चलेका छन् । लामो दुरीका कुनै पनि साधन सञ्चालन भएका छैनन् । शैक्षिक संस्था खुलेका छैनन् । बजार भने आंशिक रुपमा खुलेको छ ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...