प्रकाश सुपतमाथि मुद्दा दायर गरेपछि शम्भु राईमाथिनै लाग्यो चोरीको आरोप ! (भिडियोसहित) – Janata Live
  • Friday, February 3, 2023

प्रकाश सुपतमाथि मुद्दा दायर गरेपछि शम्भु राईमाथिनै लाग्यो चोरीको आरोप ! (भिडियोसहित)

  • जनता लाइभ
  • असार १०, २०७६

प्रकाश सुपतमाथि मुद्दा दायर गरेपछि शम्भु राईमाथिनै लाग्यो चोरीको आरोप ! (भिडियोसहित)

काठमाडौं । प्रकाश सपूतको गीत ‘गलबन्दी’ एकाएक हिट भएका बेला गायक शम्भु राईले यो गीत आफ्नो पुरानो गीतसँग मिलेको आरोप लगाएपछि संगीत क्षेत्रमा अहिले संगीत चोरीबारे एउटा बहसनै सिर्जना भएको छ । सामाजिक सञ्जाल देखि संसदसम्म आरोप प्रत्यारोपको क्रम जारी छ ।

पछिल्लो समय हिट भएको प्रकाश सपुतको लोकदोहरी गीत ‘गलबन्दी’को विवाद अहिले संसद सम्म पुगेको छ । सांसदहरुले प्रकाश सपुतमाथि शम्भुराईले गीत चोरीको आरोप लगाउँदै मुद्धा दायर गरेपछि आपत्ति समेत जनाएका छन् ।

बहसकै क्रममा राईमाथि पनि सपुतका फ्यानहरुले चोरीको आरोप लगाएका छन् । शम्भु राईले स्वरसम्राट नारायणगोपालको गीतबाट चोरी गरेर गीत सिर्जना गरेको आरोप उनीहरुको छ ।

राईले स्वर दिएको गीत ‘कहिलेमा काहीँ रमाइलो हुन्छ’ बोलको गीत नारायणगोपालको गीत ‘आजै र राती के देखेँ सपना’ गीतमा समावेश ‘मर्स्याङ्दी नदी नरमाइलो सुसाइरहेको’ को लयसँग मिलेको भनिएको छ ।

भिडियोमा सुन्न सकिन्छ

Loading...
Loading...
Loading...

बलिउड अभिनेत्री ज्याकलिनलाई २ सय करोडको जमानत

दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ। सोमबार पटियाला...