किन हराउँछन् मान्छे ? – Janata Live
  • Sunday, February 5, 2023

किन हराउँछन् मान्छे ?

  • जनता लाइभ
  • असार १०, २०७६

किन हराउँछन् मान्छे ?

काठमाडौं । राजधानीमा पछिल्ला दिनमा दिनहुँजसो कोही छोरी, कोही बुहारी त कोही श्रीमती हराएको भन्दै खोजतलासका लागि निवेदन पर्ने गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले चालु आर्थिक वर्षको जेठसम्म मानिस हराएका एक हजार पाँच सय ४१ वटा उजुरी परेको बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या तीन सय २८ बढी हो । चालु आवमा हराएकामध्ये महिलाको संख्या ६ सय ७८ छ ।

खोजतलास गर्दा सात सय ७९ जना भेटिएका छन् । प्रहरीले भेटिएका महिला र पुरुषको भिन्नाभिन्नै तथ्यांका भने दिएको छेन । डीएसपी बोगटीका अनुसार बढी हराउनेमा १५ वर्षदेखि ५५ वर्ष उमेर समूहका किशोरी र महिला छन् । ‘केही परिवारसँग पूरै सम्पर्क्विहीन भएरै हराएका देखिन्छन्’, उनले भने, ‘तर अधिकांश परिवारले शंका गरेकै व्यक्तिसँग भागेर लुकिछिपी बसेका भेटिन्छन् ।’

घरायसी खटपट, महिला हिंसा, परपुरुषसँगको सम्बन्धका कारणले व्यक्ति हराउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । केही ‘डिप्रेसन’ का रोगी पनि परिवारलाई थाहै नदिई भागेका घटना छन् ।

काठमाडौं मेडिकल कलेजमा चिकित्सा शास्त्र ९एमबिबिएस० चौथो वर्षमा पढिरहेका शिशिर खनाल गत जेठ २५ गते मृत भेटिए । उनी जेठ १७ गतेबाट हराएका थिए । प्रहरीका अनुसार खनालले डिप्रेसनको औषधि खाँदै आएका थिए ।

डिएसपी बोगटीका अनुसार वैदेशिक रोजगारमा गएका पुरुष स्वदेश फर्किंदा श्रीमती अर्कै पुरुषसँग भागेका घटना पनि धेरै छन् । ‘ श्रीमान् विदेशमा बसेर काम गरी पसिना काटी पैसा पठाउँछ । यता नेपालमा बसेर श्रीमती अर्कैसँग लागेकी हुन्छिन्’, बोगटी भन्छन्, ‘ श्रीमान् घर आउँदा श्रीमती र पैसा दुवै हुँदैन । अनि श्रीमान्ले श्रीमती हराइन् भनेर उजुरी लिएर आउँछन्।’

मनोविद् गोपाल ढकाल व्यक्ति हराउनुमा थुप्रै कारण रहेको बताउँछन् । उनी भन्छन्, ‘किशोराकिशोरी हराउनुमा अभिभावकसँगको तालमेल नमिल्नु, सामाजिक सञ्जालको दुरुपयोग र परिवारभित्र स्वतन्त्रता नपापाउनु हो ।

अर्को कुरा मानसिक रोगी परिवारलाई थाहै नदिई हराउने गरेका छन् ।’ कतिपय अवस्थामा किशोरीमा यौन उत्तेजना पलाउने तर, त्यो कुण्ठा कता पोख्ने भनेर आपसी रमाइलो गर्न पनि परिवारलाई थाहै नदिई बेपत्ता हुने प्रवत्ति देखिन्छ । ‘सबै इच्छा पूरा हुँदाहुँदै पनि व्यक्ति हराउनु पारिवारभित्रको कलहका कारणले हो’, ढकालले भने, ‘आफ्नो पिरमर्का परिवारलाई सुनाएर किन दुःख दिने भन्ने सोचले पनि व्यक्ति हराएको देखिन्छ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...