देउवा र पौडेललाई युवा नेताको खबरदारी- पछि हटे पार्टी नै सकिने चेतावनी – Janata Live
  • Wednesday, February 8, 2023

देउवा र पौडेललाई युवा नेताको खबरदारी- पछि हटे पार्टी नै सकिने चेतावनी

  • जनता लाइभ
  • असार १०, २०७६

देउवा र पौडेललाई युवा नेताको खबरदारी- पछि हटे पार्टी नै सकिने चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले १४ औ महाधिवेशन नभए कांग्रेसले ठूलो नोक्सानी व्यहोर्नु पर्ने भन्दै महाधिवेशनबाट पछि नहट्न पार्टी सभापतिको ध्यानाकर्षण गराएका छन् ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेता थापाले विधानमा नभएको कुरा नियमले परिर्वतन गर्न नपाइने भन्दै महाधिवेशनबाट पार्टी नेतृत्व पछि हट्न नमिल्ने तर्क गरे। उनले महाधिवेशन नगरि फेरि पनि भागवण्डा गरेर अन्तरिम संगठन बनाउने काम भए पार्टीले सबैभन्दा ठूलो घाटा व्यहोर्नुपर्ने चेतावनी समेत दिए।

उनले भने, ‘विधानमा यो गर्ने भनेर टुंगो लगाएको कुरालाई अहिले नियमले चेन्ज गर्न पाउँदैनौं। म सुन्दैछु नियममा चेन्ज गर्ने कुरा हुँदैछ। त्यो चेन्ज गर्ने भनेको अधिवेशन पनि नगर्ने। अन्तरिम संगठन बनाउने तर कसरी बनाउने भने काठमाडौंमा बसेर छान्ने, भागवण्डा गरेर बनाउनेरु यो भन्दा घाटा पार्टीको लागि अरु केही पनि हुँदैन। यो पार्टीका निम्ति प्रत्युत्पादक छ। यो गर्न पाइँदैन। यो गर्ने अधिकार पार्टी सभापतिलाई छैन। वरिष्ठ नेतालाई पनि छैन।’

नेता थापाले सम्पूर्ण कार्यकर्ताहरु महाधिवेशनमा जानुपर्नेमा भए पनि नेतृत्व नै महाधिवेशन नगराउने पक्षमा देखिएको दाबी गरे। उनले संघीय संरचना अनुसार पार्टीको तल्लो निकाय अहिलेसम्म गठन हुन नसक्नुले परिर्वतनलाई नेतृत्वले आत्मसाथ गर्न नसकेको स्पष्ट देखिएको टिप्पणी गरे। उनले वर्तमान परिवेशमा शक्तिशाली कम्युनिस्ट सरकारका गलत हर्कतको प्रतिकार गर्नका लागि मजबुत, सुदृढ र जीवन्त कांग्रेसको आवश्यकता भएको र त्यो महाधिवेशबाट मात्रै संभव हुने तर्क गरे। यो खबर आजको नागरिक दैनिकमा छ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...