आजको राशिफल हेर्नुहोस् : वि.सं. २०७६ असार ९ गते । सोमबार । इ.स. २०१९ जुन २४ । – Janata Live
  • Sunday, February 5, 2023

आजको राशिफल हेर्नुहोस् : वि.सं. २०७६ असार ९ गते । सोमबार । इ.स. २०१९ जुन २४ ।

  • जनता लाइभ
  • असार ०८, २०७६

आजको राशिफल हेर्नुहोस् : वि.सं. २०७६ असार ९ गते । सोमबार । इ.स. २०१९ जुन २४ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेहनत गर्दा अवसर भने पाइनेछ । स्वास्थ्यमा मन्दता आउन सक्ने तथा दीर्घरोगीलाई बढी कष्ट हुन सक्ने सम्भावना छ । तथापि गुरु कृपा मिल्ने र केही काम बन्नेछ । बुधबारबाट परिस्थितिमा सुधार आउने र क्रमशः सफलता मिल्न थाल्नेछ । महत्त्वाकांक्षी कार्ययोजनाबारे विचार विमर्श हुने, विशिष्ट व्यक्तित्त्व एवं निकायसँग सम्पर्क स्थापित हुने, व्यावसायिक उन्नति र अर्थ लाभ हुनेछ । सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)नयाँ व्यवसाय सुरु गर्ने मौका छ । महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ । शंका उपशंका तथा बाधाअड्चको बाबजुत दाम्पत्य तथा प्रेम सम्बन्धमा सुधार आउने र सुख मिल्नेछ । व्यावसायिक विकास एवं लाभ हुनेछ । यात्रा हुन सक्नेछ । बुधबार बिहानपछि भने स्वास्थ्यमा मन्दता, कामकार्यमा व्यावधानको सामना गर्न पर्न सक्नेछ । शनिबारबाट स्थितिमा सुधार आई भाग्य एवं धर्मको वृद्धि हुने र व्यावसायिक प्रगति हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । व्यवसायमा लक्ष्मीकृपा, प्रतिस्पर्धामा सफलता, शारीरिक आरोग्यता एवं कान्तिमा वृद्धि हुनेछ भने शत्रुपक्ष झुक्न आउनेछन् । दाम्पत्य तथा प्रेमसम्बन्धमा पनि सुधार आउने र मनोरञ्जनात्मक वातावरण बन्नेछ । यात्रा एवं प्रेमाभिलाषिको प्रेमसम्बन्ध सफल हुन सक्नेछ । शनिबारपछि भने स्वास्थ्यमा समस्या पर्न सक्नेछ, दीर्घरोगीले सावधानी अपनाउनुपर्ला । प्रयत्न गर्दा भाग्यले साथ दिनेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)अप्ठ्यारा कामको बोझ थपिने सम्भावना छ । विद्यावुद्धि बढ्नेछ । परचर्चामा लाग्दा स्वकर्म अधुरो रहन सक्नेछ । बुधबारपछि आँट ठूलै हुन सक्नेछ । आफ्नो स्तर अन्दाज गरी कार्यान्वयनमा उत्रनु उपयुक्त हुनेछ । आरोग्यलाभ र कान्तिवृद्धि हुनेछ । शनिबारपछि दाम्पत्य सुख एवं प्रेम सफल हुनेछ । यात्रा र व्यावसायिक लाभ हुन सक्नेछ । रमाइलो यात्राको अवसर जुट्न सक्छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)साताको सुरुको समय त्यति सहज देखिएको छैन । परिणाम अपेक्षाकृत नहुन पनि सक्नेछ । सोंचेको भन्दा नसोेंको काम बन्ने सम्भावना देखिन्छ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । असन्तुलित खानपानले पेटको समस्या आउने समय छ । बुधबार बिहानपछि घमण्डलाई संयम गर्नसकेको खण्डमा अध्ययनमा सफलता मिल्नेछ । रोकिएर रहेको काम अघि बढ्नेछ । शनिबारबाट अनुकूलता बढ्ने कामकार्यमा सफलता एवं लाभ मिल्ने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ । शारीरिक स्फूर्ति बढ्ने, कार्यमा रुचि हुने र शुभेच्छुकबाट सहयोग मिल्नेछ । रोकिएर रहेको कार्य पूरा गर्न सकिने छ । महत्त्वपूर्ण कामकार्य सम्पन्न गर्न सकिने छ । प्रतिस्पर्धीहरूलाई सजिलै वंशमा ल्याउन सकिनेछ । सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ । बुधबार बिहानी सत्र उपरान्त भने केही सजग हुनुपर्ला । र पनि अप्रत्यासित कामकार्यमा सफलता मिल्ने र उपलब्धि हात पर्नेछ । शनिबारबाट अनुकूलताको क्रम बढ्नेछ । परीक्षामा सफल भइनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)साताको सुरुमा केही दोषको बाबजुत कुटुम्बिक सम्बन्ध सुधार गर्न सकिने छ । अलि आर्थिक उन्माद बढ्ने तथा सञ्चित धनको अपव्यय हुन सक्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ । बुधदेखि शुक्रबारसम्म महत्त्वाकांक्षा पलाउने छ । केहीहदसम्म सफलता पनि मिल्नेछ । खेलकुद आदिमा सफलता मिल्नेछ । शनिबारपछि भने बोली व्यवहारमा केही सावधानी अपनाउनुपर्ने देखिएको छ

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ । अनुकूलता बढ्नेछ, कामकार्यमा सहज वातावरण बन्नेछ । उद्यम व्यवसायमा आर्थिक एवं भौतिक उपलब्धि हुनेछ । आर्थिक कोषको वृद्धि हुने तथा कार्यमा सफलता हात पार्न सकिनेछ । तथापि सञ्चित धनको अपव्ययलाई पनि नकार्न सकिन्न । जनसेवा तथा परोपकारादि कार्यमा सरिक हुन पर्ने, शारीरिक पराक्रम बढेर आउने र पुरुषार्थ देखाउन सकिनेछ ।

धनु(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)सुरुमा खर्च बढ्ने, अनर्थ अपजस खेप्न पर्न सक्नेछ । धनमालसमान हराउने तथा चोरी हुने आदिको भय छ । संघर्षले केही सफलता मिल्न सक्ला । काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ । बुधबारबाट सुधार आउनेछ तथापि हौस्याहट बढ्ने र पूर्ण भइसकेको काम बिग्रन सक्ने त्रास रहनेछ । व्यावहारिक अभ्यासले व्यवसाय आदिबाट केही आर्थिक लाभ गर्न सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)व्यापार एवं व्यावसायिक प्रगति भई आर्थिक संकलन हुनेछ । लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ । मानसम्मान पनि पाइनेछ पुरुषार्थ वृद्धि हुने र प्रशंसा पनि मिल्नेछ भने आफन्तजनबाट राम्रो सहयोग मिल्नेछ । अध्ययन बढ्नेछ । बुधबार बिहानीसत्रपछि अप्रत्यासित रूपमा खर्च बढ्ने, काममा अवरोध सिर्जना हुन सक्नेछ । शनिबारबाट पुनः स्थिति अनुकूल हुने र लाभ एवं सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)उच्चतहसँगको सम्पर्क जोडिने र व्यवसायबाट लाभ मिल्नेछ । प्रशंसक बढ्नेछन्, साथ सहयोग र सफलता मिल्नेछ । कुनै विशेष कार्यबारे चिन्तनमनन् हुने तथा योजना बन्न सक्नेछ । समयको राम्रो सदुपयोग गरी उपलब्धि लिनु बुद्धिमानी हुनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ । शनिबारबाट भने खर्च वृद्धि हुने, संघर्ष पर्ने र व्यावहारिक कठिनाइ आइपर्न सक्ने सम्भावना छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । धर्म–अध्यात्मतर्फ मन आकर्षित हुनेछ । केही दबाब एवं अपयशको पनि सामना गर्नुपर्ला । बुधबारबाट व्यावसायिक एवं सांगठानिक उन्नति–प्रगति, उच्च स्तरसँगको भेट, मनोबल बढ्ने एवं हैसियत र जिम्मेवारी मिल्नेछ । मानसम्मान तथा प्रतिष्ठा बढ्नेछ । भौतिक प्रगति हुनेछ । व्यापार तथा अन्य व्यावसायिक क्षेत्रबाट राम्रो धनआर्जन गर्न सकिनेछ ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...